
- मुगुको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ।
- बिहान १:५१ मा ४.५ र ४:२८ बजे ४.२ म्याग्निच्युडको भूकम्प महसुस गरिएको हो।
- भूकम्पबाट हालसम्म कुनै पनि मानवीय वा भौतिक क्षति भएको विवरण छैन।
रतन बहादर रावल मुगु -मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बुधबार बिहान दुई पटक भूकम्प गएको छ।


राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान १:५१ बजे ४.५ म्याग्निच्युडको पहिलो भूकम्प गएको हो। त्यसको केही घण्टापछि, बिहान ४:२८ बजे मुगुकै कलाई वरपर केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको दोस्रो भूकम्प महसुस गरिएको छ।
भूकम्पको धक्का मुगु तथा आसपासका छिमेकी जिल्लाहरूमा समेत महसुस गरिएको थियो।
हालसम्म भूकम्पबाट भएको क्षतिको कुनै विवरण प्राप्त भएको छैन। यसअघि गत भदौ २६ गते जाजरकोट जिल्लाको कालसेनी वरपर केन्द्रबिन्दु भई बिहान ०९:०८ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।
