बेनीमा कुमारी सहकारी अपचलन प्रकरण: पूर्वसञ्चालक पुन प`क्रा`उ

 

Workplace

म्याग्दी, फागुन १० – कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रु १ अर्ब ४९ करोड अपचलन प्रकरणमा संलग्न भएको अभियोगमा प्रहरीले थप एकजनालाई प`क्राउ गरेको छ।

- Advertisement -Workplace

बेनी नगरपालिका-४ का लोकेश पुनमगर पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार उनलाई अदालतमा पेस गरिँदा फागुन १३ गतेसम्मका लागि म्याद थप गरिएको छ।

प्रहरी निरीक्षक सागर पौडेलले पुनलाई मङ्गलबार पक्राउ गरिएको जानकारी दिँदै, यसअघि माघ २० गते पक्राउ परेका अन्य पाँच जना अभियुक्तहरूसँगै अदालतमा उपस्थित गराइने बताए।

पोखरास्थित सहकारी रजिष्ट्रारको कार्यालयका अनुसार, झण्डै छ हजार बचतकर्ता रहेको कुमारी सहकारीमा भएको अर्बौं रुपैयाँ अपचलनका सम्बन्धमा सहकारी ऐन, २०७४ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ। पुन सहकारीका पूर्वसञ्चालक हुन्।
कुमारी सहकारी प्रकरणमा प्रहरीले हालसम्म छ जनालाई पक्राउ गरिसकेको छ। अपचलनमा संलग्न अन्य व्यक्तिहरूको खोजी जारी रहेको प्रहरी स्रोतले जनाएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?