देशका धेरैजसो ठाउँमा हल्का पानी परेपनि गण्डकी र कोशी प्रदेशमा भने ठूलो यस्तो छ आज को मौसम

समाचार सारांश
Auto Generated by AI
  • गएराति कोशी र गण्डकी प्रदेशमा भारी वर्षा भएको छ भने संखुवासभामा सबैभन्दा धेरै वर्षा मापन गरिएको छ।
  • अहिले देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको र थप वर्षाको सम्भावना कायमै रहेको छ।
  • कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा आज ठूलो वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।

काठमाडौ – गएराति देशका धेरैजसो ठाउँमा हल्का पानी परेपनि गण्डकी र कोशी प्रदेशमा भने ठूलो पानी परेको छ ।

Workplace

पछिल्लो १२ घण्टामा संखुवासभाको टाँसीगाउँमा सबैभन्दा धेरै २४७ मिलिमिटर वर्षा मापन भएको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै तनहुँको थप्रेकमा १५७ मिलिमिटर,स्याङजाको डण्डस्वारामा १२७ मिलिमिटर वर्षा मापन भएको छ । साथै कास्की, लमजुङ र गोरखामा पनि ६० मिलिमिटरभन्दा धेरै नै  वर्षा भएको छ ।

अहिले गण्डकी प्रदेशका केही ठाउँ, कोशी, मधेस, बागमती र कर्णाली  प्रदेशका थोरै ठाउँमा तथा लुम्बिनी र  सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा मेघगर्जन चट्याङसहित हल्का देखि मध्यमसम्मको वर्षा भैरहेको छ ।  ती आसपास क्षेत्रहरूमा थप वर्षा हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आज कोशी ,बागमती र गण्डकी प्रदेशको एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

साथै मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराईका केही ठाउँमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?