icon
निर्वाचन
२८ मंसिर २०८२, आइतबार
icon
निर्वाचन

भक्तपुर बाट ओलीको चेतावनी — “स्वाभिमान बचाउन बलिदान दिन तयार छौं”

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पासपोर्ट रोकेर उपत्यका छोड्न रोक लगाएको विषयमा सरकारप्रति कडा आपत्ति जनाएका छन् ।

Workplace

भक्तपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री सुशीला कार्कीप्रति संकेत गर्दै भने, ‘सुशीला कार्की डरको डरले केपी ओली भाग्छ ? म भाग्दिन, लड्न तयार छु ।’

उनले गृहमन्त्री ओमप्रकाश अर्याललाई पनि चेतावनी दिँदै धेरै नउत्तालिन आग्रह गरे । ओलीले भने, ‘म अहिलेका गृहमन्त्रीलाई चिन्दिन तर म गृहमन्त्री बाबुलाई धेरै नउत्तालिन र नचम्किन सुझाव दिन चाहन्छु । राजनीति र देश चलाउने कुरा ठट्टा होइन ।’

ओलीले पासपोर्ट रोक्ने, राजधानी छोड्न नदिने जस्ता कार्यलाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गर्दै एमालेलाई नजिस्क्याउन पनि चेतावनी दिए । ‘हामी जेल–नेल भोगेर आएका हौं, यो नयाँ कुरा होइन । देशको स्वाभिमानका लागि बलिदान दिन तयार छौं, हामीलाई जिस्काइरनु पर्दैन,’ उनले भने ।

उनले देशको सार्वभौमसत्ता र स्वाभिमानमाथि आक्रमण भइरहेको आरोप लगाउँदै जनताको शासन र लोकतन्त्रको पक्षमा अडिग रहन सबैलाई आह्वान गरे ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?