बाढीमा बगेर आएको शवको कानबाट सुनको मुन्द्रा लुट्ने दुई जना पक्राउ

समाचार सारांश
Auto Generated by AI
  • रसुवामा बाढीले बगाएको शवको कानबाट सुनको मुन्द्रा लुट्ने दुई जना चितवनबाट पक्राउ परेका छन्।
  • सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो।
  • मृतकको शवमाथि अमानवीय व्यवहार गर्ने ती व्यक्तिहरूलाई कानुन बमोजिम कडा कारबाही गरिने प्रहरीले जनाएको छ।

काठमाडौं । रसुवामा आएको भीषण बाढीमा परी ज्यान गुमाएका व्यक्तिको शवबाट सुनको मुन्द्रा लुटेको आरोपमा चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

Workplace

बाढीले बगाएर ल्याएको शवको कानबाट जबर्जस्ती मुन्द्रा निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको थियो। भिडियोका आधारमा पहिचान गरी प्रहरीले उनीहरूलाई बिहीबार दिउँसो नियन्त्रणमा लिएको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए।

पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–१ लीलाचोकस्थित मामाघरमा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरीको चाँदबेला नगरपालिका–५ घर भई हाल भरतपुर महानगरपालिका–२ पोखरा बसपार्क, सुपारी टोलमा बस्दै आएका ३८ वर्षीय उमेश चौधरी रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले बाढीले बगाएर ल्याएको शवको कानबाट सुनको मुन्द्रा निकाल्ने प्रयास गरेका थिए। विपद्का कारण ठूलो मानवीय क्षति भइरहेका बेला मृतकको शवमाथि समेत लुटपाट गरेको घटनाप्रति सामाजिक सञ्जालमा व्यापक आक्रोश व्यक्त भइरहेको छ।

चितवन प्रहरीले पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ। घटनामा संलग्नमाथि प्रचलित कानुनअनुसार कडा कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?