काठमाडौ – काठमाण्डौको थापाथलीमा मेलम्चीको पाइप फुट्दा केही पसलमा पानी पसेको छ ।

आज बिहान पाँच बजे मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर केही पसलहरुमा पानी पसेको प्रहरी वित्त सिंहदरबारले जनाएको छ ।
पाइप फुटेपछि केही समय थापाथली प्रसुति गृह सडक अवरूद्ध भएको थियो ।
अहिले पाइप मर्मतको काम भइरहेको प्रहरीले जनाएको छ । पाइप के कारणले फुट्यो भन्ने थाहा नभएको प्रहरीको भनाइ छ ।
अहिले सडक एकतर्फी रुपमा सञ्चालन गरी पाइप मर्मतको काम भइरहेको छ ।
