नेपालका बाढीपीडितलाई सहयोग जुटाउन दिल्लीमा तीज कार्यक्रम आयोजना हुँदै

समाचार सारांश
Auto Generated by AI
  • नयाँ दिल्लीमा २० सेप्टेम्बर २०२६ मा इन्दिरा गान्धी इन्डोर स्टेडियममा नेपाली–गोर्खाली हरितालिका तीज महोत्सव भव्यताका साथ आयोजना गरिने भएको छ।
  • उक्त महोत्सवमा ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति रहनेछ र यसले नेपाली संस्कृति तथा परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न मद्दत गर्नेछ।
  • यो कार्यक्रमलाई नेपालको बाढी–पहिरो प्रभावितका लागि राहत जुटाउने साझा अभियानका रूपमा अघि बढाइएको छ।

अर्जुन थापा नयाँ दिल्ली । दिल्लीमा यस वर्ष पहिलोपटक दिल्ली सरकारको आयोजनामा तथा हाम्रो स्वाभिमान ट्रस्टको पहल र संयोजनमा ‘नेपाली–गोर्खाली हरितालिका तीज महोत्सव–२०२६’ आयोजना हुने भएको छ। महोत्सव आगामी २० सेप्टेम्बर २०२६, आइतबार नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियम, आईटीओमा आयोजना गरिने आयोजकले जनाएको छ।

Workplace

कार्यक्रमको लागि नेपाल बाट प्रकाश सपुत, अन्तर्राष्ट्रिय ख्याति प्राप्त लोकप्रिय गायक कृष्ण कंडेल, लोकप्रिय लोक गायक संस्थापक, इन्द्रेणी सांस्कृतिक विकास केंद्र आद्याश्री उपाध्याय लोकप्रिय बालकलाकार , आशा बि. सी. नेपाली, लोक दोहोरी (Folk) गायिको आगमन सङै स्थानीय कलाकार हरुको पनि उपस्थिति रहने आयोजकले जनाएको छ ।

बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने कार्यक्रममा दिल्ली तथा भारतका विभिन्न स्थानमा बसोबास गर्ने नेपाली–गोर्खाली समुदायको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। महोत्सवलाई यसपटक सांस्कृतिक उत्सवका रूपमा मात्र सीमित नगरी नेपालमा हालै आएको विनाशकारी बाढी–पहिरोबाट प्रभावित परिवारका लागि राहत सहयोग जुटाउने उद्देश्यसँग जोडिएको आयोजकले जनाएको छ।
कार्यक्रम आयोजना गर्न लाग्नुको मुख्य उद्देश्य नै विपत्तिमा परेको मातृभूमिका लागि आफूहरूले सकेको सहयोग गर्नु रहेको हाम्रो स्वाभिमान ट्रस्टका केन्द्रीय मुख्य संयोजक योगगुरु डा. मोहन कार्कीले बताउनुभएको छ।

‘विपत्तिको समयमा मौन भएर बस्ने वा टोलाएर मात्र बस्नुभन्दा एक कदम अघि बढेर आफूले सकेको केही सहयोग गर्न सकिन्छ कि भन्ने उद्देश्यले यसपटकको तीज महोत्सव आयोजना गर्न लागिएको हो,’ कार्कीले बताउनुभयो।
नेपालमा आएको बाढी–पहिरोका कारण ठूलो जनधनको क्षति भएको अवस्थामा प्रवासमा रहेका नेपाली–गोर्खाली समुदायले   पनि आफ्नो मातृभूमिप्रतिको जिम्मेवारी सम्झेर राहत तथा पुनर्निर्माणमा योगदान गर्नुपर्ने उहाँको भनाइ छ।

आयोजक संस्थाका अन्य पदाधिकारीहरूले पनि तीज महोत्सवलाई मनोरञ्जन र सांस्कृतिक कार्यक्रमका रूपमा मात्र नहेरी पीडामा रहेका नेपालीका लागि सहयोग जुटाउने साझा अभियानका रूपमा अघि बढाउन खोजिएको बताएका छन्।
उनीहरूका अनुसार महोत्सवका क्रममा राहत सहयोग तथा कोष परिचालन गर्ने योजना बनाइएको छ। यसका लागि भारत सरकारका केन्द्रीय मन्त्रीहरू, दिल्ली सरकारका मन्त्रीहरूका साथै विभिन्न व्यवसायी तथा उद्योगीलाई समेत कार्यक्रममा आमन्त्रण गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ। साथै विभिन्न सयोगी संस्था हरु लाई समेत जोडेर अघि बडने आयोजकेले बताएको छ ।

ठूलो संख्यामा नेपाली–गोर्खाली समुदायको सहभागिता रहने भएकाले कार्यक्रममार्फत केही महत्वपूर्ण राहत रकम संकलन गर्न सकिने आयोजकको आशा गरेको  छ।संस्कृति जोगाउँदै समुदायलाई जोड्ने प्रयास हाम्रो स्वाभिमान ट्रस्टले विगतदेखि नै तीजलगायतका सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष भने विगतका कार्यक्रमभन्दा केही फरक ढंगले संस्कृति, समुदायको एकता र मातृभूमिप्रतिको दायित्वलाई एउटै अभियानमा जोड्ने प्रयास गरिएको आयोजकको भनाइ छ।

कार्यक्रमले दिल्ली तथा आसपासमा रहेका नेपाली–गोर्खाली समुदायलाई एउटै मञ्चमा जोड्नुका साथै नेपाली भाषा, संस्कृति, परम्परा, भेषभूषा र पहिचानलाई नयाँ पुस्तासम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
विशेषगरी बालबालिकालाई समेत परिवारसहित कार्यक्रममा सहभागी गराएर आफ्नै संस्कृति र परम्परासँग जोड्ने वातावरण निर्माण गर्ने आयोजकको योजना छ।
‘तीज मनाऔँ, संस्कृति बचाऔँ, समुदायलाई जोडौँ र विपत्तिमा परेको नेपालका लागि सहयोगको हात बढाऔँ’ भन्ने भावनाका साथ कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

मिति परिवर्तन, स्थल यथावत् कार्यक्रम यसअघि १३ सेप्टेम्बर २०२६ मा आयोजना गर्ने तय गरिएको थियो। तर ११ देखि १३ सेप्टेम्बरसम्म नजिकैको क्षेत्रमा भारत सरकारको  उच्चस्तरीय अन्तर्राष्ट्रिय कार्यक्रम हुने र त्यसका कारण विशेष सुरक्षा व्यवस्था रहने भएकाले सम्बन्धित निकायको सुझावअनुसार कार्यक्रमको मिति परिवर्तन गरिएको हो।

अब कार्यक्रम २० सेप्टेम्बर २०२६, आइतबार बिहान १० बजेदेखि साँझ ७ बजेसम्म इन्दिरा गान्धी इन्डोर स्टेडियम, आईटीओ, नयाँ दिल्लीमै हुनेछ। कार्यक्रमस्थल भने परिवर्तन नगरिएको आयोजकले स्पष्ट पारेको छ। महोत्सवमा दिल्ली तथा भारतका विभिन्न स्थानमा सक्रिय नेपाली–गोर्खाली संघ–संस्थालाई समेत आयोजक सहयोगी संस्थाका रूपमा जोडिन आह्वान गरिएको छ। धेरै संघ–संस्था अभियानमा जोडिइसकेको र सम्भव भएसम्म सबै नेपाली–गोर्खाली संघ–संस्थालाई साझा महोत्सवमा सहभागी गराउने प्रयास भइरहेको आयोजकले जनाएको छ।

कार्यक्रममा योगऋषि परम पूज्य स्वामी रामदेवजी महाराज एवं आयुर्वेद शिरोमणि परम श्रद्धेय आचार्य बालकृष्णजी महाराजको विशेष उपस्थिति रहनेछ समेत आयोजकले जनाएको छ।

नेपाल प्राकृतिक विपत्तिको पीडाबाट गुज्रिरहेका बेला प्रवासमा रहेका नेपालीहरू पनि केवल दुःख व्यक्त गरेर बस्नुको सट्टा आफ्नो क्षमताअनुसार सहयोगका लागि अघि बढ्नुपर्ने सन्देश दिन खोजिएको आयोजकको भनाइ छ। यसर्थ, यस वर्षको नेपाली–गोर्खाली हरितालिका तीज महोत्सव उत्सवसँगै सेवाको अभियान पनि बन्ने अपेक्षा गरिएको छ।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अर्जुन थापा
लेखकको बारेमा

अर्जुन थापा

थापा नेपाल खोज खबरका प्रवन्धक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?