
- बैतडीको दोगडाकेदारमा पहिरो खस्दा महाकाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
- सडकमाथिबाट ढुङ्गासहितको पहिरो खसेकाले यातायात सेवा प्रभावित बनेको छ।
- अहिले जेसिबीको प्रयोग गरी सडक खुलाउने प्रयास भइरहेको छ।
काठमाडौं।बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ। सडकमाथिबाट पहिरोका कारण बैतडी जोड्ने महाकाली राजमार्ग अवरुद्ध भएको हो।

आज बिहान सडकखण्डमाथिबाट ढुङ्गासहितको पहिरो खसेर सडक अवरुद्ध जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए। अहिले जेसिबीले सडकमा खसेको पहिरो हटाउने काम भैरहेको उनले जानकारी बताए।
पहिरोका कारण यातायात सेवा प्रभावित भएको छ।
