
- रसुवाको बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक दिवस मनाइँदैछ।
- देशभरका सरकारी कार्यालय र विदेशस्थित नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ।
- बाढीपीडितप्रति श्रद्धाञ्जली व्यक्त गर्न सिंहदरबारसहितका स्थानमा झण्डा आधा झुकाइएको हो।
काठमाडौं।रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक दिवस मनाइँदैछ।

राष्ट्रिय शोक दिवसका अवसरमा नेपालभरका सरकारी कार्यालयका साथै विदेशस्थित नेपाली दूतावास तथा नियोगहरूमा समेत राष्ट्रिय झण्डा आधा झुकाइएको छ।
बाढीमा ज्यान गुमाएका नागरिकप्रति सम्मान तथा श्रद्धाञ्जली व्यक्त गर्दै सिंहदरबारस्थित विभिन्न मन्त्रालयका परिसरमा पनि आज राष्ट्रिय झण्डा आधा झुकाइएको छ।
