ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाको जकार्ता विमानस्थलमा उडान स्थगित

समाचार सारांश
Auto Generated by AI
  • इन्डोनेसियाको अनाक क्राकाटाउमा ज्वालामुखी विस्फोट भएको छ।
  • विस्फोटका कारण जकार्ता विमानस्थलको उडान केही समय रोकिएका छन्।
  • हालसम्म मानवीय क्षति भएको विवरण आएको छैन र सुरक्षित रहन आग्रह गरिएको छ।

इन्डोनेसियाको अनाक क्राकाटाउमा ज्वालामुखी विस्फोटपछि राजधानी जकार्तामा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान केही समय सबै उडान स्थगित गरिएको छ ।

Workplace

इन्डोनेसियाको भूगर्भीय निकायका अनुसार हिजोदेखि गतिविधि बढेको अनाक क्राकाटाउ आज बिहान ३ बजेर ५३ मिनेटमा झण्डै ३० सेकेन्डसम्म विस्फोट भएको थियो । विस्फोटपछि निस्किएको ज्वालामुखीको खरानी पश्चिमी इन्डोनेसियाका विभिन्न क्षेत्रमा फैलिएको छ ।

विमानस्थल प्रशासनले स्थानीय समयअनुसार विहान साढे ५ बजेदेखि साढे ९ बजेसम्म उडान सञ्चालन अस्थायी रूपमा रोकिएको जनाएको छ । जकार्ता, बान्तेन, पश्चिम जाभा, लाम्पुङ र बेङ्कुलु प्रान्तका केही क्षेत्र तथा सुमात्राको पश्चिमतर्फको हिन्द महासागर ज्वालामुखीको गतिविधि फैलिएको छ ।

तर मानवीय क्षतिबारेको विवरण आएको छैन । स्थानीय बासिन्दा तथा पर्यटकलाई ज्वालामुखीको सक्रिय मुख क्षेत्रबाट कम्तीमा ३ किलोमिटर टाढा रहन त्यहाँका अधिकारीले आग्रह गरेका छन् ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?