पश्चिमी वायुको प्रभाव: कोशी, गण्डकी र कर्णालीमा हल्का हिमपात, पहाडमा बदली

 

Workplace

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानमा हुस्सु लागेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै, देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।

राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एकदुई स्थानमा हल्का हिमपात हुने देखिन्छ । पहाडी क्षेत्रमा पनि आंशिकदेखि साधारणतया बदली रहने छ ।

मौसम विभागले यातायात तथा बाह्य गतिविधिहरू गर्दा सतर्कता अपनाउन सुझाव दिएको छ । विशेष गरी हिमाली तथा उच्च पहाडी क्षेत्रमा यात्रा गर्ने व्यक्तिहरूलाई मौसमी अवस्थाको अद्यावधिक जानकारी लिन र आवश्यक सावधानी बरत्न महाशाखाले सल्लाह दिएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

आज मिति २०८३ ज्येष्ठ ३० गते सनिवार आजको राशिफल

काभ्रेको बुच्चाकोटमा बस दु`र्घ`टना सात जनाको मृ`त्यु

मुगुमा पूर्वाधार विकासको तीव्र गति: सडक, पुल र जनता आवास निर्माणले फेरिँदै ग्रामीण मुहार।

मुगुम समुदाय-प्रहरी साझेदारी’ अन्तर्गत विश्व बालश्रम विरुद्धको दिवस २०८३ भव्य रूपमा सम्पन्न

आज मिति २०८३ ज्येष्ठ २९ गते शुक्रबार आजको राशिफल

विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहनूस्– गृहमन्त्री

छुटाउनुभयो कि ?