icon
निर्वाचन
२६ माघ २०८२, सोमबार
icon
निर्वाचन

बर्दघाटमा स्कुल वस र यात्रुवाहक बस एकआपसमा ठोक्किए १० जना घाइते

खिम खड्का
१३ चैत्र, बुटवल | पश्चिम नवलपरासीको बर्दघाटमा स्कुल वस र यात्रुवाहक बस एकआपसमा ठक्कर खादा १० जना  घाईते भएका छन्।

Workplace

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं २ र ४ को सिमानामा पर्ने चिसापानी सामुदायिक अस्पताल अगाडी भएको दुर्घटनामा बिद्यार्थी २ वटा बसका चालक मोटरसाइकल चालक र केही यात्रु सहित १० जना घाईते भएको ट्राफिक प्रहरी कार्यालय नवलपरासीका प्रमुक प्रहरी निरिक्षक अमृत भण्डारीले बताए ।

घाइतेहरु ५ जना मध्यम र ५ जना सामान्य रहेको र उनिहरुको अवस्था खतरामुक्त रहेको प्रहरी निरिक्षक भण्डारीले बताए । उनिहरुको चिसापानी अस्पतालमा उपचार भैरहेको र मध्यम विधार्थी सहित केहीलाई भैरहवा मेडिकल कलेज भैरहवामा पठाउने तयारी गरिएको प्रहरीले बताएको छ ।
नवलपरासी सुस्ता गाउपालिका प्राविधीक बिरेन्द्र मण्डल चढेको बा २ ब ६५४९ नम्वरको मोटरसाईकलले अचानक सडक पार गरेपछि सुर्खेतबाट पोखरा तर्फ जादै गरेको ग २ ख १५७४ नम्वरको बसले उक्त मोटर साईकललाई ठक्कर दिएको थियो।

मोटरसाईकललाई ठक्कर दिएको उक्त यात्रुवाहक बस अनियन्त्रीत भई सडकमा रोकेर बिद्यार्थी चढाउदै गरेको बर्दघाट नगरपालिका वडा नं १२ भुताहको ग्लोवल एकेडेमीको लु १ ख ८७० नम्वरको बसलाई ठक्कर दिएको थियो । दुर्घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • दुःखी ()
  • खुसी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?