अनिल नेपाली

अर्घाखाँची – अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले आफू अर्घाखाँचीमा आएको आठ महिनामा जिल्लामा उल्लेख्य कामहरू गरेको बताउनुभएको छ। प्रजिअ अर्यालले आफूले अर्घाखाँची प्रशासनको नेतृत्व सम्हालेको आठ महिनामा यस समयमा जिल्लामा सेवाग्राहीहरूले पाउनुपर्ने सेवा सुविधालगायतका काममा सुधारसहित उल्लेख्य कामहरू गरेकाे बताए ।
अर्घाखाँची जिल्लामा छाेटाे समयमा निकै लोकप्रियता कमाउन सफल भएका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालकाे गृह मन्त्रालयमा सुरूवा भएपछि बिहिवार अर्घाखाँची का विभिन्न सघ सस्था स्थानीय सरकारका जनप्रतिनिधि सञ्चारकर्मी कर्मचारी हरुले गरेको बिदाई कार्यक्रममा उनले यस्तो बताएका हुन् । छाेटाे समयमा पनि प्रमुख जिल्ला अधिकारीले अर्यालले उल्लेखनीय काम गरेका थिए ।

प्रजिअ अर्यालले जिल्लामा सुशासनको पक्षमा , सेवा प्रवाहकाे क्षेत्रमा शान्ति सुरक्षा अमय चयन कायम गर्ने सवालमा सरकारी कार्यालयमा भएको ढिला सुस्ती गाउँ गाउँमा लागुओैषध सम्वन्धी सचेतता कार्यक्रम , जिल्ला प्रशासनकाे सेवा प्रवाह लगायतका काममा नागरिकलाई असहजता नहुने गरि कुनै गुनासो नआउने गरि काम गरेका थिए ।
प्रजिअ अर्यालले जिल्लामा सबै सरोकारवाला पक्षसँगको बलियो समन्वय, सल्लाह सुझाव तथा सहकार्यबाट नै सबै काम सम्भव भएको भन्दै सहयोग र सद्भावका लागि सबै पक्षलाई धन्यवादसहित आभार प्रकट गर्दै आगामी दिनमा पनि यसैगरी सहयोगको अपेक्षा गरेको बताए ।

