धादिङबेँसी जोड्ने फुर्केखोला पुललाई तत्काल सञ्चालमा ल्याउन कठिन

समाचार सारांश
Auto Generated by AI
  • भोटेकोशीको बाढीले बगाएको फुर्केखोला पुल तत्काल सञ्चालनमा ल्याउन कठिन देखिएको छ।
  • उपलब्ध बेलिब्रिजले नदीको दूरी पार गर्न नसक्ने भएकाले नयाँ विकल्पको खोजी भइरहेको छ।
  • हाल प्रभावित क्षेत्रमा वैकल्पिक सडक मार्गको प्रयोग गरी यातायात सञ्चालन गरिएको छ।

काठमाडौ -रसुवाकाे भाेटेकाेशी नदीमा आएकाे बाढीले बगाएको काठमाण्डौ–धादिङबेँसी जोड्ने फुर्केखोला पुललाई तत्काल सञ्चालमा ल्याउन कठिन देखिएको छ ।

Workplace

 

फुर्केखोलमा तत्काल बेलिब्रिज राख्न सक्ने अवस्था नदेखिएको सडक विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीले ११८ मिटर लामो स्टिल प्लेट गर्डर पुलसँगै एउटा पियरसमेत बगाएको छ ।

पुलको स्थलगत अनुगमन गर्दै महानिर्देशक जैसीले उपलब्ध बेलिब्रिजले नदीकाे दूरी पार गर्न नसक्ने बताउनुभयाे ।

यद्यपि पुल सञ्चालनका लागि विभिन्न वैकल्पिक उपायका बारेमा अध्ययन गरिरहेको सडक विभागले जनाएको छ । विभागले पुलको विस्तृत मापन गर्न प्राविधिक टोली खटाउने महानिर्देशक जैशीले बताउनुभयो ।

प्राविधिक अध्ययनपछि मात्रै पुल कसरी र कति समयमा सञ्चालनमा ल्याउन सकिन्छ भन्ने टुङ्गो लाग्नेछ ।

बाढीले पुल बगाएपछि प्रभावित क्षेत्रमा वैकल्पिक मार्गबाट यातायात सञ्चालन भएको छ । जैसीका अनुसार मासटारतर्फको पुल सुरक्षित रहेकाले फुर्केखोलाबाट मासटारसम्मको सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?