धादिङबेँसी जोड्ने फुर्केखोला पुललाई तत्काल सञ्चालमा ल्याउन कठिन

समाचार सारांश
Auto Generated by AI
  • भोटेकोशीको बाढीले बगाएको फुर्केखोला पुल तत्काल सञ्चालनमा ल्याउन कठिन देखिएको छ।
  • उपलब्ध बेलिब्रिजले नदीको दूरी पार गर्न नसक्ने भएकाले नयाँ विकल्पको खोजी भइरहेको छ।
  • हाल प्रभावित क्षेत्रमा वैकल्पिक सडक मार्गको प्रयोग गरी यातायात सञ्चालन गरिएको छ।

काठमाडौ -रसुवाकाे भाेटेकाेशी नदीमा आएकाे बाढीले बगाएको काठमाण्डौ–धादिङबेँसी जोड्ने फुर्केखोला पुललाई तत्काल सञ्चालमा ल्याउन कठिन देखिएको छ ।

Workplace

 

- Advertisement -Workplace

फुर्केखोलमा तत्काल बेलिब्रिज राख्न सक्ने अवस्था नदेखिएको सडक विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीले ११८ मिटर लामो स्टिल प्लेट गर्डर पुलसँगै एउटा पियरसमेत बगाएको छ ।

पुलको स्थलगत अनुगमन गर्दै महानिर्देशक जैसीले उपलब्ध बेलिब्रिजले नदीकाे दूरी पार गर्न नसक्ने बताउनुभयाे ।

यद्यपि पुल सञ्चालनका लागि विभिन्न वैकल्पिक उपायका बारेमा अध्ययन गरिरहेको सडक विभागले जनाएको छ । विभागले पुलको विस्तृत मापन गर्न प्राविधिक टोली खटाउने महानिर्देशक जैशीले बताउनुभयो ।

प्राविधिक अध्ययनपछि मात्रै पुल कसरी र कति समयमा सञ्चालनमा ल्याउन सकिन्छ भन्ने टुङ्गो लाग्नेछ ।

बाढीले पुल बगाएपछि प्रभावित क्षेत्रमा वैकल्पिक मार्गबाट यातायात सञ्चालन भएको छ । जैसीका अनुसार मासटारतर्फको पुल सुरक्षित रहेकाले फुर्केखोलाबाट मासटारसम्मको सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिएको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?