सम्पर्कबिहीन पाल्पाका प्रस हवल्दार विष्टको शव गोरखामा भेटियो

समाचार सारांश
Auto Generated by AI
  • रसुवा बाढीमा बेपत्ता भएका प्रहरी सहायक हवल्दार दीपेन्द्र विष्टको शव गोरखामा भेटिएको छ।
  • परिवारले पहिचान गरेपछि शव पोखराबाट अन्त्येष्टिका लागि गृहजिल्ला पाल्पा ल्याइएको थियो।
  • आइतबार बिहान पाल्पाको राम्दी धाममा विष्टको अन्तिम संस्कार सम्पन्न गरिएको छ।

काठमाडौं ।रसुवा बाढीपछि सम्पर्कबिहीन हुनुभएका नेपाल प्रहरीका सहायक हवल्दार दीपेन्द्र विष्टको शव गोरखामा फेला परेको छ । पाल्पाको तानसेन-१० घर भई इलाका प्रहरी कार्यालय टिमुरे, रसुवामा कार्यरत ३४ वर्षीय विष्ट बाढीपछि सम्पर्कबिहीन हुनुभएकाे थियाे । उहाँकाे शव त्रिशूली नदीले बगाएर ल्याएको अवस्थामा गोरखामा भेटिएको प्रहरीले जनाएकाे छ ।
उहाँकाे शब व्यवस्थापनका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रामघाटमा राखिएको थियो । शनिबार परिवारका सदस्यले शवको पहिचान गरेपछि अच्येष्टिका लागि घर ल्याइएकाे कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयाे । विष्टकाे अन्तिम संस्कार राम्दी धाममा आइतबार बिहान गरिएकाे परिवारिक स्राेतले जनाएकाे छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?