सम्पर्कबिहीन पाल्पाका प्रस हवल्दार विष्टको शव गोरखामा भेटियो

समाचार सारांश
Auto Generated by AI
  • रसुवा बाढीमा बेपत्ता भएका प्रहरी सहायक हवल्दार दीपेन्द्र विष्टको शव गोरखामा भेटिएको छ।
  • परिवारले पहिचान गरेपछि शव पोखराबाट अन्त्येष्टिका लागि गृहजिल्ला पाल्पा ल्याइएको थियो।
  • आइतबार बिहान पाल्पाको राम्दी धाममा विष्टको अन्तिम संस्कार सम्पन्न गरिएको छ।

काठमाडौं ।रसुवा बाढीपछि सम्पर्कबिहीन हुनुभएका नेपाल प्रहरीका सहायक हवल्दार दीपेन्द्र विष्टको शव गोरखामा फेला परेको छ । पाल्पाको तानसेन-१० घर भई इलाका प्रहरी कार्यालय टिमुरे, रसुवामा कार्यरत ३४ वर्षीय विष्ट बाढीपछि सम्पर्कबिहीन हुनुभएकाे थियाे । उहाँकाे शव त्रिशूली नदीले बगाएर ल्याएको अवस्थामा गोरखामा भेटिएको प्रहरीले जनाएकाे छ ।
उहाँकाे शब व्यवस्थापनका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रामघाटमा राखिएको थियो । शनिबार परिवारका सदस्यले शवको पहिचान गरेपछि अच्येष्टिका लागि घर ल्याइएकाे कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयाे । विष्टकाे अन्तिम संस्कार राम्दी धाममा आइतबार बिहान गरिएकाे परिवारिक स्राेतले जनाएकाे छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?