त्रिशूली नदी किनारमा भेटिएको विस्फोटक पदार्थ सेनाले गर्‍यो डिस्पोज

समाचार सारांश
Auto Generated by AI
  • गोरखाको त्रिशूली किनारमा फेला परेको विष्फोटक पदार्थ सेनाले डिस्पोज गरेको छ।
  • रसुवाबाट बाढीले बगाएर ल्याएको हुनसक्ने सो पदार्थ शुक्रबार डिस्पोज गरिएको हो।
  • रुद्रध्वज गणबाट खटिएको सेनाको टोलीले उक्त विष्फोटक पदार्थ सफलतापूर्वक नष्ट गरेको छ।

काठमाडौ -गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित त्रिशूली नदी किनारमा भेटिएको विष्फोटक पदार्थ सेनाले डिस्पोज गरेको छ।

Workplace

नेपाली सेनाको रुद्रध्वज गणबाट खटिएको टोलीले उक्त विष्फोटक पदार्थ डिस्पोज गरेको सेनाले जानकारी दिएको छ।

बिहीबार दिउँसो करिब साढे २ बजे नदी किनारमा उक्त विष्फोटक पदार्थ फेला परेको थियो। बिहीबार नै डिस्पोजको प्रयास गरिए पनि असफल भएपछि शुक्रबार डिस्पोज गरिएको हो।

रसुवाबाट आएको बाढीले उक्त विष्फोटक पदार्थ बगाएर ल्याएको हुनसक्ने रुद्रध्वज गणका गणपति विरोध रिजालले बताए।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?