icon
निर्वाचन
२८ मंसिर २०८२, आइतबार
icon
निर्वाचन

खडेरीको समस्या : स्थानीय बासिन्दाले गाईको सट्टा उँट पाल्ने क्रम बढ्यो

केन्याको उत्तरी सुक्खा भूमिमा गएको अप्रिल यता पानी परेको छैन ।

Workplace

त्यहाँ खडेरीको समस्या बढ्दै गएको छ । स्थानिय बासिन्दाले वर्षाको प्रतीक्षा र प्रार्थना गरिरहेका छन् ।

जलवायु परिवर्तनको उच्च जोखिममा रहेको उत्तरी केन्याका बासिन्दालाई खडेरीले दिनदैनिकी तथा जिविकोपार्जनमा समस्या थपेको समाचार संस्था एएफपीले जनाएको छ ।

पछिल्ला वर्ष सुक्खा/खडेरी बढ्न थालेपछि अर्ध–घुमन्ते सम्बुरु समुदायले गाईको सट्टा उँट पाल्न थालेका छन् ।

उँटहरू सुक्खा घाँसमा पनि बाँच्न सक्ने, एक हप्ता भन्दा धेरै समयसम्म पानी बिना रहन सक्ने र गाईको तुलनामा ६ गुणा बढी दूध दिने हुन्छ ।

त्यसैले स्थानिय बासिन्दाले उँटलाई जीवनको नयाँ आधार बनाउन थालेका हुन् ।

सन् २०१५ मा खडेरीकै कारण केन्याको सुक्खा र अर्ध–सुक्खा क्षेत्रका झन्डै ७० प्रतिशत गाई मरेपछि सम्बुरु काउन्टीले उँट पालन कार्यक्रम शुरू गरेको थियो । यद्यपि उँटपालनमा पनि रोगलगायतको जोखिम छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?