
- आज सुनको भाउ प्रतितोला एक हजार दुई सय रुपैयाँले घटेको छ।
- सुनको मूल्य आज तीन लाख २० हजार नौ सय रुपैयाँ कायम भएको छ।
- चाँदीको भाउ पनि आज १० रुपैयाँले घटेर चार हजार नौ सय ६५ रुपैयाँमा झरेको छ।
काठमाडौ -आज सुनको भाउ १ हजार २०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा ३ लाख २० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनको भाउ हिजो एक सय रुपैयाँले घटेर तोलाको तीन लाख २२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ १० रुपैयाँले घटेर तोलाको ४ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो चाँदी ७५ रुपैयाँले बढेर तोलाको चार हजार नौ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।
