यस्तो छ आज को मौसम

समाचार सारांश
Auto Generated by AI
  • गएराति देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ।
  • आज र भोलि देशका केही स्थानमा भारी वर्षाको सम्भावना छ।
  • बाढी र पहिरोको जोखिम बढेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

काठमाडौ – गएराति देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ ।

Workplace

 

- Advertisement -Workplace

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा कैलालीमा सबैभन्दा बढी ६७ दशमलव ४ मिलिमिटर वर्षा भएको छ । अन्य क्षेत्रको तुलनामा मधेश प्रदेशमा भने वर्षा कम भएको छ ।

 

पूर्वी क्षेत्रको तुलनामा मध्य नेपालदेखि पश्चिमी क्षेत्रमा बढी वर्षा भएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भाग, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा ठूलो पानी सम्भावना रहेको छ  । भोलिसम्म नै यी प्रदेशसहित देशका विभिन्न ठाउँमा वर्षाको गतिविधि सक्रिय रहने अनुमान छ ।

लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरोको जोखिम हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

मौसम तथा बाढीसम्बन्धी सूचना नियमित रूपमा हेर्न, ठूलो वर्षाका बेला अनावश्यक यात्रा नगर्न, नदी–खोला तथा कमजोर पुल आसपास नजान र पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?