यस्तो छ आज को मौसम

समाचार सारांश
Auto Generated by AI
  • गएराति देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ।
  • आज र भोलि देशका केही स्थानमा भारी वर्षाको सम्भावना छ।
  • बाढी र पहिरोको जोखिम बढेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

काठमाडौ – गएराति देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ ।

Workplace

 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा कैलालीमा सबैभन्दा बढी ६७ दशमलव ४ मिलिमिटर वर्षा भएको छ । अन्य क्षेत्रको तुलनामा मधेश प्रदेशमा भने वर्षा कम भएको छ ।

 

पूर्वी क्षेत्रको तुलनामा मध्य नेपालदेखि पश्चिमी क्षेत्रमा बढी वर्षा भएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भाग, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा ठूलो पानी सम्भावना रहेको छ  । भोलिसम्म नै यी प्रदेशसहित देशका विभिन्न ठाउँमा वर्षाको गतिविधि सक्रिय रहने अनुमान छ ।

लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरोको जोखिम हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

मौसम तथा बाढीसम्बन्धी सूचना नियमित रूपमा हेर्न, ठूलो वर्षाका बेला अनावश्यक यात्रा नगर्न, नदी–खोला तथा कमजोर पुल आसपास नजान र पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?