
- रसुवामा आएको बाढीले नौ वटा वाणिज्य बैंकका शाखा बगाएको छ।
- बैंकका कार्यरत २६ जना कर्मचारीसँग अझै सम्पर्क हुन सकेको छैन।
- टेलिफोन र विद्युत् सेवा अवरुद्ध हुँदा उद्धार कार्यमा कठिनाइ भएको छ।
काठमाडौं ।रसुवामा आएको बाढीले ९ वटा वाणिज्य बैंकका शाखा बगाएको छ । ती शाखामा कार्यरत कर्मचारीमध्ये करिब २६ जनासँग अझै सम्पर्क हुन नसकेको नेपाल बैंकर्स संघले जनाएको छ । टेलिफोन अवरुद्ध भएको र बिजुली पनि नभएकाले सम्पर्कमा समस्या भइरहेको संघले जनाएको छ ।

रसुवामा माछापुच्छ्रे, नबिल, सानिमा, लक्ष्मीसनराइज, हिमालयन, प्रभु, ग्लोबल आईएमई, इन्भेस्टमेन्ट मेगा र एनमएबी गरी नौवटा बैंकका शाखा रहेका थिए । ती शाखामा कार्यरत कर्मचारीहरुमध्ये २६ जनासँग अझै सम्पर्क हुन नसकेको बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले जानकारी दिए ।
‘टेलिफोन अवरुद्ध भएकाले धेरैजनासाग सम्पर्क हुन सकेका छैन । यद्यपि नबिल बैंकका सबै कर्मचारी सम्पर्कमा आएको जानकारी हामीले भर्खरै पाएका छौं,’ उनले भने, ‘विस्तारै टेलिफोनमा सहजता आएपनि बाँकी कर्मचारी साथीहरूसँग पनि सम्पर्क होला ।’
स्त्राेत : ekantipur
