
- गुल्मीको तम्घासमा ट्रकको ठक्करबाट एक युवक गम्भीर घाइते भएका थिए।
- टाउकोमा चोट लागेका २४ वर्षीय पवन विकको उपचारका क्रममा मृत्यु भयो।
- मृतकको शव अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ।
गुल्मी।तम्घासमा ट्रकको ठक्करबाट घाइते युवकको मृत्यु भएको छ । गुल्मीको रेसुङ्गा नगरपालिका ७ जिपपार्कमा पार्किङबाट निकाल्ने क्रममा लु १ ख ८९०७ नम्बरको ट्रकले ठक्कर दिँदा २४/२५ वर्षीय पवन विक घाइते भएका थिए। टाउकोमा चोट लागेका उनलाई थप उपचारका लागि बुटवलस्थित चौराहा अस्पताल लगिएकोमा चिकित्सकले राति ११ः३० बजे मृत घोषणा गरेका छन्। शव लुम्बिनी प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ।
