देशका विभिन्न स्थानबाट लागुऔषधसहित १६ जना प`क्रा`उ

समाचार सारांश
Auto Generated by AI
  • देशका विभिन्न आठ स्थानबाट लागुऔषधसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
  • पक्राउ परेकाहरूबाट ब्राउनसुगर, हेरोइन, गाँजा र प्रतिबन्धित औषधिहरू बरामद भएका छन्।
  • सबै आरोपीहरूमाथि आवश्यक अनुसन्धान गरी कानुनी प्रक्रिया अघि बढाइएको छ।

काठमाडौ – प्रहरीले देशका विभिन्न स्थानबाट विभिन्न प्रकारका लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ। नियमित गस्तीका क्रममा काठमाडौं, मोरङ, झापा, धनुषा, पर्सा, कञ्चनपुर, नवलपरासी पश्चिम र बाँकेबाट उनीहरू पक्राउ परेका हुन्।

Workplace

काठमाडौं महानगरपालिका-६ कपन तेन्जिङचोकबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ करिब एक ग्रामसहित ३७ वर्षीय विनयकुमार मण्डल, ३८ वर्षीय मनिष शाही र ३८ वर्षीय प्रदीपकुमार राई पक्राउ परेका छन्।

त्यस्तै मोरङको कानेपोखरी गाउँपालिका-७ बाट तीन ग्राम २० मिलिग्राम तथा झापाका विभिन्न स्थानबाट कुल सात ग्रामभन्दा बढी ब्राउनसुगरजस्तो देखिने पदार्थसहित ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३१ वर्षीय विवेक राई, ३० वर्षीय विवेक लिम्बू, १७ वर्षीय किशोर, २३ वर्षीय अर्जुन राजवंशी, २८ वर्षीय प्रभाष बास्के र २६ वर्षीय फिलिप मर्डी छन्।

धनुषाको शहीदनगर नगरपालिका-३ बाट खैरो हेरोइनजस्तो देखिने पदार्थ २२ ग्राम ५८० मिलिग्रामसहित १९ वर्षीय राजन यादव र २६ वर्षीय बब्लु पासवान भन्ने रामबालक पासवान पक्राउ परेका छन्।

यस्तै, पर्साको पोखरिया नगरपालिका–५ सतबरियाबाट करिब ५०० ग्राम गाँजाजस्तो देखिने पदार्थसहित ६५ वर्षीय रामदयाल महरा तथा कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बाट एक ग्राम ८४० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित २४ वर्षीय जनक खड्का पक्राउ परेका छन्।

नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका–५ चमनटोलाबाट चिकित्सकको सिफारिसबिना खरिद गर्न नमिल्ने स्पास्मो १०० ट्याब्लेट, डाइजेपाम २१ एम्पुल, फेनारगन २२ एम्पुल र बुप्रेनोर्फिन २२ एम्पुलसहित २८ वर्षीय सुनिल विक र ३१ वर्षीय दिपेश विक पक्राउ परेका छन्। बाँकेको डुडुवा गाउँपालिका–२ बाट भने ब्राउनसुगरजस्तो देखिने पदार्थ ९०० मिलिग्रामसहित २४ वर्षीय ओसिस खाँ पक्राउ परेका छन्।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान भइरहेको छ। बरामद पदार्थ लागुऔषध नै भए–नभएको तथा उनीहरूको संलग्नताबारे थप अनुसन्धानपछि कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?