
- मुगुको ऐतिहासिक धामी नाच र साउने जनै पूर्णिमाको धार्मिक रौनक हराउँदै गएको छ।
- नयाँ पुस्ताको बेवास्ता र आधुनिकतातर्फको झुकावले यो मौलिक संस्कृति संकटमा परेको छ।
- परम्पराको संरक्षण र हस्तान्तरण नभएमा यस्ता अमूल्य संस्कृति इतिहासमा मात्र सीमित हुने खतरा बढेको छ।
रतन बहादुर रावल मुगु– स्थानीय पुरानो परम्परा र धार्मिक मान्यता अनुसार हरेक वर्षको साउने जनै पूर्णिमाको अवसरमा १५ दिनसम्म हर्षोल्लासका साथ मनाइने ऐतिहासिक धामी नाच र धार्मिक अनुष्ठानहरू पछिल्लो समय संकटमा पर्न थालेको छन्।

नयाँ पुस्ताले आफ्नो मौलिक संस्कृति र परम्परामा चासो नदिँदा वर्षौँदेखि चलिआएको यो धार्मिक मान्यता र पूर्णिमाको रौनक हराउँदै गएको बुढापाखाहरूले औल्याएका छन्।धार्मिक परम्परा अनुसार साउने जनै पूर्णिमाको अवसरमा १५ दिनसम्म निरन्तर धामी नाच्ने चल्न छ तर नवामी को दिन देखि दिनको एक छाक मात्र खाएर कठोर गरि बस्ने अनौठो एवं विशिष्ट परम्परा रहँदै आएको छ।
नवमीकै दिनदेखि धामीको घरमा गएर स्थानीय भक्तजन तथा वक्तालु जनले आफ्नो ग्रहदशा, भूत-भविष्य हेराउने र फुकफाक गराउने परम्परा पनि उत्तिकै बलियो थियो।तर, विगतको तुलनामा वर्तमान समयमा यो ऐतिहासिक परम्परा निकै फितलो बन्दै गएको छ। पुराना पुस्ताले बताएका छन्।
“पहिले-पहिले पूर्णिमा आउनु अगावै गाउँघरमा छुट्टै रौनक हुन्थ्यो, १५ दिनसम्म गाउँ नै उत्सवमय बन्थ्यो, गाउँका छोरी बहिनी दाजुभाइ मिलेर देउडा खेल्ने चलन थियो तर स्थानीय एक वृद्धले चिन्ता व्यक्त गर्दै भने, “अहिलेका नयाँ पुस्ताले यसलाई अन्धविश्वास मान्ने वा वास्ता नगर्ने गर्दा पूर्णिमाको त्यो पुरानो रौनक र उल्लास कताकता हराए जस्तो भएको छ।
“नयाँ पुस्ता रोजगारी, शिक्षा र आधुनिकताको पछि लाग्दा आफ्ना पुर्खाले धानेको संस्कृति र कठोर व्रत बस्ने नियमहरू पालना गर्न हिचकिचाउने गरेको जनगुनासो कताकता सुनिन थालेको छ। समयमै यस्ता मौलिक परम्पराको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्न नसके हाम्रा अमूल्य धार्मिक संस्कृतिहरू इतिहासमा मात्रै सीमित हुने खतरा बढेको छ।
