यस्तो छ आज को मौसम

समाचार सारांश
Auto Generated by AI
  • गएराति देशका केही स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ।
  • नुवाकोटको त्रिशूली र ताडी खोलामा बाढी आएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।
  • आज कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भेगमा मुसलधारे वर्षाको सम्भावना छ।

काठमाडौ – गएराति देशका केही ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ । पछिल्लो ६ घण्टामा सिन्धुपाल्चोकमा ७१ मिलिमिटर, ताप्लेजुङमा ५३ मिलिमिटर र दैलेखमा ४२ मिलिमिटर पानी परेको छ ।

Workplace

मध्य र पश्चिम क्षेत्रमा अहिले पनि वर्षा भैरहेको छ । लगातारको वर्षाले नुवाकोटको त्रिशूली नदी र ताडी खोलामा बाढी आएको छ । नदी र खोला आसपासका बासिन्दालाई आज बिहानसम्मै सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

आज दिउँसो पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी एक/दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही ठाउँ तथा मधेश प्रदेश लगायत कोशी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?