हनुमानढोकास्थित दशैं घरमा जमरा राखियो, घटस्थापनासँगै विजयादशमीको रौनक सुरु

समाचार सारांश
Auto Generated by AI
  • आइतबार घटस्थापनासँगै बडादशैंको नवरात्र सुरु भएको छ।
  • हनुमानढोकास्थित दशैं घरमा विधिपूर्वक जमरा राखिएको छ।
  • वैदिक विधिअनुसार छरिएको जमरा विजयादशमीमा प्रसादका रूपमा ग्रहण गरिन्छ।

काठमाडौ – बडादशैंको पहिलो दिन घटस्थापनाका अवसरमा आइतबार काठमाडौंको ऐतिहासिक हनुमानढोकास्थित दशैं घरमा विधिपूर्वक जमरा राखिएको छ।

Workplace

नवरात्रको शुभारम्भ भएसँगै वैदिक विधिअनुसार घटस्थापना गरी दशैं घरमा जमरा छर्ने कार्य सम्पन्न भएको हो।

- Advertisement -Workplace

नेपालीहरूको महान् पर्व दशैंको पहिलो दिन घरघरमा तथा विभिन्न शक्तिपीठहरूमा घटस्थापना गरी जमरा राख्ने परम्परा रहँदै आएको छ।

यस दिन बिहानै नित्यकर्म समाप्त गरी चोखो माटो वा बालुवा ल्याएर गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा तथा दशैं घरमा जौ, गहुँ र मकै छरेर जमरा राख्ने गरिन्छ।

वैदिक मन्त्रोच्चारणका साथ स्थापना गरिएको घट र छरिएको जमरालाई विजयादशमीका दिन मान्यजनको हातबाट टीका र प्रसादका रूपमा ग्रहण गर्ने प्रचलन छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?