icon
निर्वाचन
२६ माघ २०८२, सोमबार
icon
निर्वाचन

पूर्वराजा शाहको काठमाडौं फर्किने क्रममा सुरक्षा उच्च सतर्कता, राजावादीद्वारा स्वागत तयारी

काठमाडौं । माघ २७ गते समिट एअरको जहाज चार्टर गरेर परिवारसहित पोखरा जानुभएका पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार काठमाडौं फर्कदै हुनुहुन्छ। शाहको आगमनलाई स्वागत गर्न राजावादी दल तथा समूहहरूले प्रदर्शनको तयारी गरिरहेका छन्।

Workplace

यसैक्रममा, सम्भावित भिडभाड र जुलुसलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाभर सुरक्षा व्यवस्था कडा पारिएको छ। काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत संवेदनशील स्थान तथा मुख्य चोकहरूमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकमा भिड अनियन्त्रित भई हुलहुज्जत, अमर्यादित, अवाञ्छित तथा गैरकानुनी गतिविधि हुन नदिन आवश्यक सुरक्षा रणनीति तय गरिएको छ।

राजावादी समूहहरू राजधानीका विभिन्न स्थानबाट जुलुस निकाल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि भेला हुने तयारीमा छन्। प्रहरीले प्रदर्शनलाई शान्तिपूर्ण राख्न आग्रह गर्दै अनियन्त्रित गतिविधि रोक्न आवश्यक कदम उठाइने जनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?