icon
निर्वाचन
२६ माघ २०८२, सोमबार
icon
निर्वाचन

नक्कली भुटानी शरणार्थी प्रकरण अन्तिम टुंगोतर्फ

काठमाडौं -लामो समयदेखि सार्वजनिक चासोको केन्द्र बनेको नक्कली भुटानी शरणार्थी प्रकरण अब अन्तिम टुंगोमा पुग्ने चरणमा प्रवेश गरेको हो ।

Workplace

 

जिल्ला अदालत काठमाडौंमा आजदेखि यस मुद्दाको अन्तिम बहस सुरु भएको छ।

सर्वाधिक चर्चित यो मुद्दामा एमाले नेता टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणसहित ३१ जना संलग्न रहेको देखाइएको छ।

दुई वर्षदेखि थुनामा रहेका रायमाझी र धरौटीमा छुटेका खाँणमाथि अमेरिकामा नक्कली भुटानी शरणार्थी बनाएर पठाउने योजनामा संलग्न भएको अभियोग छ।

साक्षी बयान र बकपत्रसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा भइसकेपछि अदालतले आजदेखि अन्तिम सुनुवाइ सुरु गर्ने निर्णय गरेको हो। अदालतले मुद्दालाई साप्ताहिक पेशी सूचीमा राख्दै निरन्तर सुनुवाइ गर्ने संकेतसमेत दिएको छ।

रायमाझी पक्षका कानुन व्यवसायीले भने, “यदि कुनै असाधारण कारण नआएमा सुनुवाइ निरन्तर अघि बढ्नेछ र अन्तिम फैसला यही चरणमै आउने अपेक्षा छ।”

यससँगै दुई वर्षदेखि अल्झिएको नक्कली भुटानी शरणार्थी प्रकरण अब छिट्टै निष्कर्षमा पुग्ने सम्भावना कानुनी विश्लेषकहरूले औंल्याएका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?