हुम्लामा ५२ लाख बराबरको अवैध चिनियाँ मदिरा बरामद 

समाचार सारांश
Auto Generated by AI
  • हुम्लाको नाम्खामा ठूलो परिमाणमा अवैध चिनियाँ मदिरा प्रहरीले बरामद गरेको छ।
  • जंगलमा लुकाएर राखिएको ५१ लाख ९३ हजार ६०० मूल्य बराबरको मदिरा बरामद गरिएको हो।
  • बरामद गरिएको उक्त मदिरा कोष तथा लेखा नियन्त्रण कार्यालयको रोहबरमा नष्ट गरिनेछ।

हुम्ला, साउन २९ गते  जिल्ला प्रहरी कार्यालय हुम्लाले ठूलाे परिणाममा अवैध चिनियाँ मदिरा बरामद गरेकाे छ ।
बिहिवार नाम्खा गाउँपालिका-२ काे नावलथाङबाट ठूलाे परिणामकाे अवैध चिनियाँ मदिरा बरामद गरि शुक्रबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेकाे हाे ।

Workplace

५९४ काटुनमा ७ हजार १२८ बाेतल अवैध चिनियाँ मदिरा र १९४ काटुन बाेर्डभाईजर ४ हजार ६५६ बाेतल गरी ५१ लाख ९३ हजार ६०० बराबरको चिनियाँ मदिरा बरामद गरेकाे जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक शंकर खड्काले बताउनुभयो ।

जंगलमा लुकाइछिपाई राखिएको अवस्थामा अवैध चिनियाँ मदिरा बरामद भएकाे प्रहरी नायव उपरीक्षक खडकाले बताउनभयाे ।

चिनियाँ अवैध मदिरा प्रतिबाेतलकाे अनुमानित बजार दर ५०० सय र बाेर्ड भाईजर बियरकाे ३५० मूल्य रहेकाे डिएसपी खडकाकाे भनाइ छ ।
नाम्खा गाउँपालिका-६ काे लिमि लाप्चा नाकाबाट ठूलाे परिणाम अवैध चिनियाँ मदिरा भित्रिएको प्रहरीले जनाएको छ ।

बरमद गरिएको चिनियाँ मदिरा काेष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाकाे राेहबरमा नष्ठ गरिने प्रमुख जिल्ला अधिकारी भाेलानाथ गुरागाइले बताउनुभयाे ।

अवैध मदिरा नियन्त्रणमा हुम्लाका सञ्चारकर्मीहरूले पनि प्रहरी प्रशासनलाइ सहयाेगकाे अनुराेध गर्नुभयाे ।  यस्ता गतिविधि राेक्न जिल्ला स्थित सराेकारवाला निकायहरूकाे भूमिका रहेकाे प्रजिअ गुरागाइले बाताउनुभयाे ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?