🌼🌻🙏

मेष : मानसम्मान प्राप्त गर्न सकिएला। व्यापारमा राम्रो फाइदा हुनेछ। मेहनतले दिगो लाभ हुनेछ। परिस्थिति अनुसार चल्न नसक्दा पछाडि परिनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।
वृष : गरेका काम सफल हुनेछन् र त्यसबाट सन्तोषको अनुभव हुनेछ । नोकरीमा सामान्य प्रगति हुनेछ । विभिन्न किसिमका फाइदा हुनेछन् र अप्रत्याशित लाभ प्राप्त हुनेछ ।
मिथुन : काममा समस्या देखा पर्न सक्छ । अनावश्यक झमेलामा पर्न सक्ने भएकाले सचेत रहनुहोस् । आज केही हानी हुने सम्भावना छ, त्यसैले सावधानी अपनाउनु बुद्धिमानी हुनेछ ।
कर्कट : तपाईंको विचारले अरूलाई आकर्षित गर्ने समय आएको छ । धन आर्जनका अवसरहरू मिल्नेछन् । परोपकारका कार्यमा रुचि बढ्नेछ । कमाइको हिसाबले दिन शुभ रहनेछ ।
सिंह : अनौठो तरिकाले कमाइ भई मन प्रशन्न हुनेछ । टाढाको यात्राको योग पनि रहेको छ । फलिफाप हुने दिन हो । राम्रो कमाइका कारण सुख र सन्तोष प्राप्त हुनेछ ।
कन्या : टाढाको यात्रा गर्ने योजना छ भने केही दिनका लागि स्थगित गर्नु उपयुक्त हुनेछ । केही सुखद र केही दुःखद अनुभव हुन सक्छ । आकस्मिक रूपमा कमाइ हुने सम्भावना पनि छ ।
तुला : गरेका कामबाट ठूलो उपलब्धि प्राप्त नहुन सक्छ । समयको व्यर्थ नाश हुने सम्भावना छ । नसोचेको स्थानमा खर्च बढ्न सक्छ, आर्थिक व्यवस्थापनमा सावधानी अपनाउनुहोस् ।
वृश्चिक : अवसर खोज्ने क्रममा केही दौडधूप गर्नुपर्ला । अनावश्यक यात्राको सम्भावना छ । तर, आत्मीय व्यक्ति वा आफन्तको भेटले मनमा खुशी ल्याउनेछ । सुखद अनुभव हुने दिन हो ।
धनु : श्रद्धा, परोपकार र धर्म कर्ममा मन जानेछ । स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्छ । खर्चभन्दा कमाइ बढी हुनेछ । शिक्षा र ज्ञानका क्षेत्रमा पनि प्रगति हुने योग छ । पैसाको लाभ हुनेछ ।
मकर: दुःखमा साथ दिने व्यक्तिहरू भेटिनेछन् । आर्थिक लाभका अवसरहरू पनि प्राप्त हुनेछन् । विपरीत लिङ्गको साथ र सहयोगले मन प्रशन्न हुनेछ । मनोरञ्जनात्मक कार्यबाट पनि लाभ मिल्नेछ ।
कुम्भ : बिहान काममा सफलता मिल्नेछ भने बेलुका सामान्य तनाव हुन सक्छ । इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । मुद्दा मामिलामा पर्न सक्ने सम्भावना छ । दिन प्रतिकूल भएकाले धैर्य र सावधानी आवश्यक छ ।
मीन : पेशागत क्षेत्रमा केही समस्या देखिन सक्छ । केही सुखद र केही दुःखद घटना हुन सक्छन् । नोकरीमा झमेला वा डर उत्पन्न हुन सक्छ । काममा स्थायित्वका लागि धैर्यपूर्वक अघि बढ्नुहोस् ।
