
- हिमाचल प्रदेशमा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु र दश जना घाइते भएका छन्।
- दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ भने भारी वर्षाका कारण राज्यका १८५ सडक बन्द छन्।
- मनसुन सुरु भएयता हिमाचलमा वर्षा र सडक दुर्घटनामा परी १४३ जनाले ज्यान गुमाएका छन्।
भारत – उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा शनिबार एउटा निजी बस सडकबाट चिप्लिएर दुर्घटना ग्रस्तहँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै अन्य दश जना घाइते भएको प्रहरीले जनाएको छ।

दुर्घटना हिमाचल प्रदेशको राजधानी शिमलाबाट करिब ३९३ किलोमिटर उत्तरमा चम्बा जिल्लाको पाहाडी क्षेत्रमा भएको जनाइएको छ। यात्रुबहाक बसमा दुर्घटनाको समयमा १८ जना सवार रहेको बताइएको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ।
यसैबीच, हिमाचल प्रदेशमा भारी वर्षाका कारण १८५ वटा सडक बन्द भएको जनाइएको छ।
राज्य आपतकालीन सञ्चालन केन्द्रका अनुसार जुन –३० मा मनसुन सुरु भएदेखि हिमाचल प्रदेशमा १४३ जनाको मृत्यु भएको थियो। ती मध्ये ६५ जनाको वर्षासँग सम्बन्धित घटनामा मृत्यु भएको थियो भने ७८ जनाको सडक दुर्घटनामा मृत्यु भएको थियो।
