
- रास्वपाले नागरिकका गुनासा र सुझाव सुन्न ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने भएको छ।
- साउन २५ गतेदेखि पार्टीको केन्द्रीय कार्यालयबाट यो अभियानको सुरुवात गरिनेछ।
- अभियानमा दैनिक दुई जना केन्द्रीय सदस्य र सांसद उपस्थित रहने व्यवस्था गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिकका गुनासा, समस्या तथा सुझाव प्रत्यक्ष रूपमा सुन्न ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने भएको छ।

पार्टीको केन्द्रीय समितिले साउन १३ गते गरेको निर्णयअनुसार उक्त अभियान साउन २५ गतेदेखि पार्टीको केन्द्रीय कार्यालय ‘घण्टीघर’बाट सुरु गरिने सहमहामन्त्री हरि ढकालले जानकारी दिए।
अभियानमार्फत नागरिकका गुनासा, समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्ने तथा आवश्यक सहजीकरण गर्ने व्यवस्था गरिएको छ। यसका लागि प्रत्येक दिन दुई जना केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्य अनिवार्य रूपमा अभियानमा उपस्थित रहने व्यवस्था गरिएको रास्वपाले जनाएको छ।
