लुम्बिनी – दाङका विभिन्न स्थानका जंगलमा लुकाइछिपाइ राखिएका ५५ नाल अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ

समाचार सारांश
Auto Generated by AI
  • दाङ प्रहरीले साउन १६ देखि १९ गतेसम्म सञ्चालन गरेको विशेष अप्रेसनमा ४८ थान भरुवा बन्दुक बरामद गरेको छ ।
  • जिल्लाका विभिन्न सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा लुकाइछिपाइ राखिएका अवस्थामा ती हतियार फेला परेका हुन् ।
  • बरामद गरिएका सबै हतियार एकनाले भरुवा बन्दुक रहेको र सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लुम्बिनी — साउन १६ गतेदेखि १९ गतेसम्म सञ्चालन गरिएको विशेष अप्रेसनका क्रममा हातहतियार बरामद गरिएका जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले विभिन्न इलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीमार्फत खोजी अभियान चलाएको थियो ।

Workplace

यसरी बरामद भएका हतियारहरु इलाका प्रहरी कार्यालय कमिरेचौर अनतर्गत बंगलाचुली गाउँपालिका–५ स्थित हिमाल लालीगुराँस सामुदायिक वन (७ नाल), खारखोली सामुदायिक वन (९ नाल), मुर्कुटीस्थित बंगलाचुली सामुदायिक वन (१ नाल), आरुनिस्थित लहरे सामुदायिक वन (५ नाल), बंगलाचुली–४ स्थित मौवालेख सामुदायिक वन (३ नाल) र लवाडे भत्कुले सामुदायिक वन (५ नाल) गरी ३० नाल तथा इलाका प्रहरी कार्यालय अमिलिया अन्तर्गत लमही नगरपालिका–९ तरुलियास्थित बिरह सामुदायिक वनको खैरेनी जंगलबाट ७ नाल, प्रहरी चौकी रामपुर को बंगलाचुली गाउँपालिका–६ ठुलीचौरस्थित राष्ट्रिय वन (६ नाल) र बंगलाचुली–८ स्थित न्यु कालिका सामुदायिक वन (७ नाल) गरी कुल १३ नाल छन् ।

- Advertisement -Workplace

प्रहरी चौकी हासिपुरले बंगलाचुली गाउँपालिका–८ स्थित नव चेतनशील सामुदायिक वन (३ नाल) र न्यु कालिका सामुदायिक वन (२ नाल) गरी ५ नाल बरामद गरेको छ । प्रहरी निरीक्षक एकबहादुर नेपालीले बरामद गरिएका सबै एकनाले भरुवा बन्दुक रहेको बताए । यस विषयमा प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ । रसस

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?