देवानगञ्ज घटनामा गगन थापाको अपिल : संयमता, संवाद र सामाजिक सद्भाव कायम राख्न आग्रह

समाचार सारांश
Auto Generated by AI
  • सुनसरीको देवानगञ्ज घटनामा ओमप्रकाश मेहताको मृत्युप्रति गगन थापाले दुःख व्यक्त गर्दै सरकारसँग स्पष्ट जवाफ मागेका छन्।
  • घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारबाही गर्न र पीडित परिवारलाई साथ दिन उनले जोड दिएका छन्।
  • सबै पक्षलाई संयमता अपनाउन, अफवाह नफैलाउन र सामाजिक सद्भाव कायम राख्न उनले विशेष आग्रह गरेका छन्।

काठमाडौ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सबै पक्षलाई संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्।

Workplace

मंगलबार भिडियो सन्देशमार्फत थापाले प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि, शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

उनले ओमप्रकाश मेहतामाथि ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो भन्ने विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताए। घटनाको सत्यतथ्य सार्वजनिक गर्दै सरकारलाई जिम्मेवार बनाउन नेपाली कांग्रेसले निरन्तर प्रश्न उठाउने पनि उनको भनाइ छ। थापाले अहिलेको अवस्थामा परिस्थिति झन् बिग्रिन नदिन सबै नागरिकले जिम्मेवार भूमिका खेल्नुपर्नेमा जोड दिए। अफवाह, उत्तेजना र प्रतिशोधको बाटोले समस्या समाधान नहुने भन्दै संयमता, धैर्यता र संवादबाट मात्र समाधान सम्भव हुने उनको भनाइ छ।

उनले नेपालको विविधतामा आधारित एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी बन्धुत्व नै नेपाली समाजको पहिचान र शक्ति भएको उल्लेख गर्दै कठिन परिस्थितिमा त्यसलाई अझ मजबुत बनाइराख्न सबैलाई आग्रह गरे।

सभापति थापाले विशेषगरी देवानगञ्जका स्थानीयवासी, सामाजिक संघसंस्था, सबै राजनीतिक दल तथा नागरिक समाजलाई धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सक्रिय भूमिका खेल्न आह्वान गरेका छन्। साथै नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्तालाई घाइतेहरूको उपचारमा सहयोग गर्न, पीडित परिवारको साथमा उभिन र समुदायबीच विश्वासको वातावरण कायम गर्न सक्रिय हुन निर्देशन दिएका छन्।

उनले घटनामा कसैले गल्ती गरेको भए कानुनअनुसार कारबाही हुनुपर्ने र सरकारले त्यसको जिम्मेवारी लिनुपर्ने दोहोर्याउँदै वर्तमान परिस्थितिमा सबै नागरिकले पनि आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?