२४ घण्टामा एक हजार ८१३ सवारी चालकमाथि कारबाही

समाचार सारांश
Auto Generated by AI
  • पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने १८१३ जना चालक कारबाहीमा परेका छन्।
  • कारबाहीबाट राज्य कोषमा ५ लाख २८ हजार ५०१ रुपैयाँ राजस्व संकलन भएको छ।
  • मादक पदार्थ सेवन, तीव्र गति र लेन अनुशासन उल्लङ्घन गर्ने चालकहरू बढी कारबाहीमा परेका छन्।

काठमाडौ – बितेका २४ घण्टामा एक हजार ८१३ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्।

Workplace

यसबाट राज्य कोषमा रु पाँच लाख २८ हजार ५०१ राजस्व दाखिला भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको नौ, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका १०५,  सङ्केत बत्ती उल्लङ्घनकर्ता ११९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ११५ जनालाई कारबाही गरिएको हो।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १०२, निषेधित क्षेत्रमा हर्न बजाउने ७९, सडक पेटीमा ‘पार्किङ’ गर्ने ११७, एकतर्फी सडकमा सवारी चलाउने ६५ र अन्य सवारी नियम पालना नगरेका एक हजार ११० जनालाई कारबाही गरिएको हो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?