नेपाली समाज भारतद्वारा प्रवासी नेपालीहरूलाई सतर्कता अपनाउन आग्रह

नयाँ दिल्ली  – भारत र पाकिस्तानबीच चर्किंदो कूटनीतिक सम्बन्ध र सम्भावित तनावपूर्ण अवस्थाको पृष्ठभूमिमा, नेपाली समाज भारतले भारतभरि रहेका विशेषगरी सीमावर्ती क्षेत्रमा बसोबास तथा भ्रमणमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

Workplace

संस्थाले जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल सरकार, भारत सरकार तथा नेपाली दूतावास नयाँ दिल्लीबाट जारी हुने सूचना तथा निर्देशनहरूलाई ध्यानपूर्वक पालना गर्न आग्रह गरिएको छ। यस्तै अत्यावश्यक नपरी सीमावर्ती क्षेत्रतर्फ यात्रा नगर्न र युद्ध, धर्मजस्ता संवेदनशील विषयमा सार्वजनिक स्थान तथा सामाजिक सञ्जालमा टिप्पणी नगर्न पनि अनुरोध गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “त्यस्ता विषयमा लापरवाहीपूर्ण अभिव्यक्तिले व्यक्तिगत तथा सामुदायिक सुरक्षामा नकारात्मक असर पार्न सक्छ।”

साथै, प्रवासी नेपालीहरूलाई आफ्ना परिवारजनसँग नियमित सम्पर्कमा रहन, आफू सुरक्षित रहेको जानकारी दिन, र आपतकालीन अवस्थामा नेपाली दूतावास तथा नेपाली समाज भारतको विभिन्न कार्यालयहरूसँग तुरुन्त सम्पर्क गर्न आग्रह गरिएको छ।

नेपाली समाज भारतले आफूलाई एक गैर-राजनीतिक सामाजिक संस्था भएको जनाउँदै भारतभरि रहेका नेपालीहरूको हक, हित र पहिचानको संरक्षणमा समर्पित रहेको जनाएको छ।

विज्ञप्तिको अन्त्यमा भनिएको छ, “हामी एक भएर मात्र बलिया, सुरक्षित र सम्मानित बन्न सक्छौं। अहिलेको परिस्थितिमा संयम, जिम्मेवारी र अनुशासनका साथ व्यवहार गरौं।”

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?