सुदूरपश्चिममा नेकपालले माग्यो मुख्यमन्त्रीको राजीनामा, आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने

समाचार सारांश
Auto Generated by AI
  • नेकपाले सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई बहुमत गुमाएको भन्दै राजीनामा दिन माग गरेको छ।
  • प्रदेशमा बजेट पारित नभई बजेट शून्यताको अवस्था आएकाले मुख्यमन्त्रीले निकास दिनुपर्ने नेकपाको अडान छ।
  • नेकपाले नयाँ सरकार गठनका लागि वार्ता समिति बनाएर एमाले वा कांग्रेससँग छलफल सुरु गरेको छ।

काठमाडौ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा मागेको छ ।

Workplace

भर्खरै सकिएको प्रदेश संसदीय दलको बैठकले एमालेले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेकोले मुख्यमन्त्रीलाई मार्गप्रशस्त गर्न सुझाव दिएको छ ।

‘अहिले सरकारसँग बहुमत छैन । अल्पमतको सरकारको नेतृत्व गरेर बजेट शून्यतातर्फ लैजाने कुरा उपयुक्त हुँदैन। यस्तो बेला मुख्यमन्त्रीले राजनीतिक निकास दिएर गाँठो फुकाउनुपर्छ’, नेकपा दलका नेता खगराज भट्टले भने ।

यहाँ असार १ गते ल्याएको बजेट आजसम्म पारित भएको छैन । असार मसान्तसम्म बजेट पारित गर्न नसकेर प्रदेशलाई बजेट शून्यतातर्फ मुख्यमन्त्रीले धकेलेको नेकपाको आरोप छ ।

नेकपा संसदीय दलले सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठूलो दलको हैसियतले मुख्यमन्त्री दाबी गर्ने पनि निर्णय गरेको छ । सुदूरपश्चिममा नेकपाका २२ जना (निलम्बित , सभामुखसहित) सांसद छन्। यहाँ कांग्रेसका १८, एमालेका ११ र राप्रपाका १ सांसद छन्।

नेकपाको आफ्नो सीट संख्याले सरकारको नेतृत्व गर्न सक्ने अवस्था छैन । सरकार गठनका लागि २७ सांसद आवश्यक पर्छ । आफूहरूसँग रहेका २२ जना सांसदबाहेक एमालेका ११ वा कांग्रेसका १८ सांसदसँग मिलेर सरकार बनाउने कसरतमा नेकपा लाग्ने तयारी गरेको छ ।

सँगै अन्य दलसँग संवादका लागि भट्टको संयोजकत्वमा ५ सदस्यीय समिति बनाइएको छ । उपनेता प्रकाश रावल, प्रमुख सचेतक खुशीराम चौधरी, पूर्वमन्त्रीहरू मानबहादुर धामी र रमेश धामी सदस्य रहने गरी बनाइएको वार्ता टोलीले कांग्रेस र एमाले दुवै पार्टीसँग छलफल र संवाद गर्ने जनाएको छ ।

आफ्नो नेतृत्व स्वीकार गर्ने गरी एजेन्डामा सहमति हुनेहरूसँग सत्ता सहकार्यको बाटो खुल्ने नेकपाका नेताहरूले बताएका छन् ।

त्यस्तै, एमालेले समर्थन फिर्ता लिएपछि कामचलाउ अवस्थामा पुगेको सरकारलाई दीर्घकालीन महत्त्व राख्ने तथा ठूला निर्णय नगर्न पनि सुझाव दिइएको छ ।

एमालेसँगको सहकार्य टुटेपछि मुख्यमन्त्री शाहले हिजो र आज नेकपासँग छलफल गरेर बजेट पारित गर्न सहयोग मागेका थिए। नेकपाले यथास्थितिमा बजेट पारित गर्न नसकिने भन्दै सरकारको नेतृत्व परिवर्तनको अडान राखेको थियो। नेपाल पेस

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?