सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

समाचार सारांश
Auto Generated by AI
  • सरकारको काम कारबाहीबारे सत्तारुढ दल रास्वपाभित्रै आलोचना बढेको छ।
  • संसदमा बिजनेसको कमी र सांसदहरू बाहिर जानुपर्ने भन्दै बैठक साउन १४ गतेसम्म स्थगित गरिएको छ।
  • सुकुम्बासी र सीमा विवाद जस्ता विषयमा आफ्नै सांसदहरूबाट सरकारको आलोचना हुन थालेको छ।

काठमाडौ – सरकारको काम कारबाहीको विषयलाई लिएर सत्तारुढ रास्वपाभित्रैबाट आलोचना हुन थालेपछि प्रतिनिधिसभाको बैठक दुई हप्ताका लागि स्थगित भएको छ।

Workplace

बुधबार दिउँसो बसेको बैठक अब साउन १४ गते बस्ने गरी सभामुख डोलप्रसाद अर्यालले बोलाएका हुन्।

रास्वपा नेता वालेन्द्र शाह नेतृत्वको सरकारले सय दिन पुरा गरेसँगै यसको काम कारबाहीको विषयलाई लिएर विपक्षी दलहरुले मात्रै होइन दलभित्रैबाट आलोचना बढ्न थालेको छ।

सुकुम्बासी, सीमा विवाद, आत्मदाहा प्रकरणमा सरकारले गलत गरेको भन्दै विपक्षीको आवाजमा रास्वपाकै आवाज मिसिएपछि सरकार थप आलोचित हुन थालेको छ।

संसद बैठक रोक्ने विषयमा बुधबार कार्यव्यवस्था समितिमा पनि छलफल भएको थियो। कार्यव्यवस्थामा सांसदहरुले जिल्ला जान चाहेको र बिजनेसको कमी भएको भन्दै बैठक रोक्ने प्रस्ताव गरिएको थियो।

सरकारको काम कारबाहीलाई लिएर रास्वपा सांसदहरु अमरेशकुमार सिंह, मनिष झा, क्रान्तिशिखा धिताल, प्रकाशचन्द्र परियार, करिष्मा कठरिया, सुलभ खरेललगायतले सार्वजनिक रुपमा आलोचना गर्न थालेका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?