राष्ट्रिय समारोहहरूमा राष्ट्रिय पोसाकको उपेक्षा गरिएको भन्दै आपत्ति :थापा

समाचार सारांश
Auto Generated by AI
  • कमल थापाले राष्ट्रिय समारोहमा राष्ट्रिय पोसाकको उपेक्षा गरिएकोमा आपत्ति जनाएका छन्।
  • प्रधानमन्त्रीले राष्ट्रिय पोसाक नलगाउनुलाई उनले क्रान्तिकारिता मान्न नसकिने बताएका छन्।
  • राष्ट्रपति उपस्थित कार्यक्रममा प्रधानमन्त्री अनुपस्थित हुनु अस्वाभाविक र अनुचित भएको उनको टिप्पणी छ।

काठमाडौं – राप्रपाका नेता कमल थापाले औपचारिक तथा राष्ट्रिय समारोहहरूमा राष्ट्रिय पोसाकको उपेक्षा गरिएको भन्दै आपत्ति जनाएका छन्।

Workplace

उनले प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तिहरूले राष्ट्रिय पोसाक नलगाउनु परिवर्तन वा क्रान्तिकारिताको हुन नसक्ने बताएका छन्।

‘औपचारिक वा राष्ट्रिय समारोहहरूमा प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तित्वहरूले राष्ट्रिय पोसाकको उपेक्षा गर्नु परिवर्तन वा क्रान्तिकारिता होइन र हुन सक्दैन,’ उनले सामाजिक सञ्जालमा लेखे।

थापाले संघीय संसद्मा राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा तथा राष्ट्रपतिको बिदाइका अवसरमा प्रधानमन्त्री अनुपस्थित भएको विषय पनि अस्वाभाविक र अनुचित भएको टिप्पणी गरेका छन्।

उनले भने, ‘संघीय संसद्‌मा राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा र राष्ट्रपतिको बिदाइका अवसरमा प्रधानमन्त्री अनुपस्थित हुनुलाई कदापि स्वाभाविक एवं उचित मान्न सकिँदैन।’

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?