उखु किसानको करिब दुई अर्ब भुक्तानी

समाचार सारांश
Auto Generated by AI
  • महोत्तरीका दुई चिनी उद्योगले किसानलाई उखुको करिब एक अर्ब ७६ करोड रकम भुक्तानी गरेका छन्।
  • सरकारले किसानलाई दिने २० करोडभन्दा बढीको अनुदान रकमका लागि सिफारिस गरिएको छ।
  • उखुको बाँकी मूल्य र सबै अनुदान रकम असार मसान्तभित्र भुक्तानी गरिसक्ने प्रशासनले जनाएको छ।

काठमाडौ – महोत्तरीका दुई चिनी उद्योगमा बुझाइएको उखुको करिब रु दुई अर्ब रकम किसानले भुक्तानी पाएका छन्।

Workplace

जिल्लाका गौशाला नगरपालिका-१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इन्डष्ट्रिज र गौशाला-१२ स्थित सिद्धिविनायक सुगर एण्ड केमिकल इन्डष्ट्रिजमा बुझाइएको उखुको रकमबापत रु एक अर्ब ७६ करोड ५२ लाख ४६ हजार ४५५ किसानले भुक्तानी पाएका जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ।

दुवै उद्योगमा गरेर किसानले २८ लाख ६७ हजार ९८६ क्विन्टल ९६ किलो उखु आर्थिक वर्ष २०८२/८३ को याममा बुझाइएका अभिलेखले देखाएको छ। जम्मा उखुको मूल्यबापत हुने रु एक अर्ब ७७ करोड ३४ लाख ३७ हजार २३२ मध्ये रु एक अर्ब ७६ करोड ५२ लाख ४६ हजार ४५५ भुक्तानी भइसकेको कार्यालयका प्रशासकीय अधिकृत कामेश्वर यादवले जानकारी दिए।

यसैगरी, सरकारले उखु किसानलाई दिने अनुदानबापतको रकम भुक्तानीका लागि कोष तथा लेखा नियन्त्रक कार्यालय महोत्तरीलाई सिफारिस गरिएको छ। जिल्ला भुक्तानी समितिले अहिले रु २० करोड सात लाख ५९ हजार ११७ अनुदान भुक्तानीका लागि सिफारिस गरेको यादवले स्पष्ट पारे।

जिल्लामा भुक्तानी सिफारिसका लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भुक्तानी समितिको व्यवस्था छ। यसपालीको उखुबापतको मूल्य र अनुदान सबै भुक्तानी यसै असार मसान्तभित्र भइसक्ने जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ। रासस

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?