
- प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज रानामगरको सवारी दुर्घटनामा निधन भएको छ।
- स्वर्गद्वारीबाट धनवाङ जाँदै गर्दा आफैले चलाएको गाडी अनियन्त्रित भई बाङ्गेसल्लामा दुर्घटना भएको हो।
- दुर्घटनामा परी गाडी सडकबाट करिब पाँच सय मिटर तल खस्दा ५० वर्षीय रानामगरको घटनास्थलमै मृत्यु भएको छ।
प्युठान – प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज रानामगरको आफैले चलाएको गाडी दुर्घटनामा परेर मृ`त्यु भएको हो ।

५० वर्षिय रानामगर आफैले चलाएको लु प्र १/००१ झ ०००८ नं. को गाडी आफै अनियन्त्रित भई दु`र्घटना हुँदा घटनास्थलमै मृ`त्यु भएको छ ।
स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको गाडी स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसल्ला भन्ने ठाउँमा दु`र्घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको हो ।
गाडी सडकदेखि अन्दाजी पाँच सय मिटर तल खसेको थियो
