लागुओैषध नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयकाे सामुदायिक बिधालयमा अभियान

अनिल नेपाली

Workplace

अर्घाखाँची २३ फागुन

अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले अपराधिक क्रियाकलापलाई निरुत्साहित गदै सभ्य समाजको निर्माण गनु आजको प्रमुख आबश्यकता भएको बताउनु भएको छ ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीद्वारा आज मालारानी गाउँपालिका वडा न ५ रहेको शान्ति माध्यमिक बिद्यालयमा आयोजना गरिएको लागू औषध नियन्त्रण सम्बन्धी तीन महिने अभियान अन्तर्गत युवा लक्षित लागू औषध विरुद्धको सचेतनामुलक कार्यक्रममा मन्तब्य राख्दै प्रजिअ अर्यालले यस्तो बताउनुभएको हाे ।

प्रजिअ अर्यालले लागूऔषधबाट हुने नकारात्मक असरहरूको बारेमा जानकारी दिँदै लागूऔषध दुर्व्यसनीबाट व्यक्तिगत जीवन मात्रै नभई पारिवारिक, आर्थिक तथा सामाजिक जीवनमा समेत ठुलो असर पर्ने बताउदै यसकाे अन्त्य गरि सभ्य समाज निर्माण गनु आजको आबश्यकता रहेको बताए ।

कार्यक्रममा लागु औषध दुब्यसन, यसको असर , यसबाट बच्ने उपायका बारेमा बिधार्थीहरुलाई जानकारी गराउदै सो संगै लागु औषध नियन्त्रण तथा जिवन उपयोगी नैतिक एवं सामाजिक शिक्षा सम्बन्धि जानकारी गराएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक चत्र बहादुर मल्लले बताए । ९ देखि १२ कक्षा सम्मका बिधार्थीकाे सहभागीता रहेको कार्यक्रम सहभागी विद्यार्थीहरुले लागूपदार्थ भनेको के हो र लागूपदार्थको प्रयोग, उत्पादन , सेवन गर्दा र कानुनी सजायको बारेमा जानकारी लिएको बताए ।

सम्पुर्ण बिद्यार्थीहरुले भने’ अब धेरै कुरा थाहा भयो , हाम्रो समाज, स्कूल र घरमा लागुपदार्थ र यसको कानुनी सजाएको बारेमा सबै लाई जानकारी दिने पनि सम्पुर्ण बिधालयका विद्यार्थीहरुले प्रतिबद्धता पनि जनाए।

कार्यक्रममा सशस्त्र प्रहरी बल ३६ गुल्मका गुल्मपति प्रहरी नायब उपरीक्षक भिमसेन बाेहाेरा बिधालयका प्रधानाध्यापक मान ब पाण्डे लगायतको सहभागीता रहेको थियोे जिल्ला प्रशासनले बिगत लामाे समय देखि जिल्लाका विभिन्न सामुदायिक बिधालय गाउँपालिका नगरपालिकामा याे अभियान निरन्तर चलेको छ।

खासगरी १० देखि १९ बर्ष सम्मका बिधार्थीले लागुओैषध सेवन गरि आफ्नो जिवन बर्वादीकाे अबस्थामा पुर्‍याएकाे देखिन्छ यसकाे अन्त्यका लागि प्रशासनले याे अभियान निरन्तर चलाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?