मुगुको खत्याडमा चट्याङ लागेर दुई भैँसी र एक हल गोरु मरे।

समाचार सारांश
Auto Generated by AI
  • मुगुको खत्याड गाउँपालिकामा चट्याङ पर्दा तीनवटा पशुचौपायाको मृत्यु भएको छ।
  • चट्याङका कारण स्थानीय दुई कृषकको भैँसी र गोरु मरे पनि मानवीय क्षति भएको छैन।
  • घटनास्थलमा प्रहरी टोली पठाइएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
 रतन रावल मुगु, १७ जेठ 
मुगुको खत्याड गाउँपालिकामा चट्याङ लागेर तीनवटा पशुचौपायाको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङका कारण स्थानीय दुई जना कृषकको ब्याउने भैँसी, हल गोरु र अन्य एक भैँसी मरेका हुन् ।
प्रहरीका अनुसार आज (शनिबार) दिउँसो अन्दाजी १५:०० बजेको समयमा खत्याड गाउँपालिका वडा नम्बर ५ थाने स्थित बाझो खेतमा चरिचरण गरिरहेको अवस्थामा चट्याङ परेको थियो ।
चट्याङ लागेर स्थानीय ५५ वर्षीय कांसि बुढाको एक जिउ ब्याउने भैँसी र एक हल गोरु मरेका छन् । यस्तै, सोही ठाउँका ३२ वर्षीय धन बहादुर बुढाको पनि एक जिउ भैँसी मरेको प्रहरीले जनाएको छ । घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।
उक्त घटनाबारे स्थानीय वडा अध्यक्ष चित्र बुढाले दिउँसो १६:०० बजे प्रहरीलाई जानकारी गराउनुभएको थियो । घटनाको सूचना पाउनासाथ तत्कालै प्रहरी चौकी श्रीकोटरोल, मुगुबाट प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) नन्द बहादुर रावतको कमाण्डमा ३ जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ ।
प्रहरी चौकी श्रीकोटरोलबाट घटनास्थल पुग्न पैदल करिब ३ घण्टा दक्षिणतर्फ लाग्ने भएकाले घटनाको थप विस्तृत विवरण आउन बाँकी रहेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।

यो समाचारलाई अझै आधिकारिक र विस्तृत बनाउनका लागि

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?