icon
निर्वाचन
२६ मंसिर २०८२, शुक्रबार
icon
निर्वाचन

असोजको बाढी–पहिरोबाट रु ३ अर्ब ७८ करोड बढीको बीमा दावी, सुनसरीमा सबैभन्दा धेरै आवेदन

काठमाडौं । गत असोज महिनामा आएको अविरल वर्षा, बाढी र पहिरोका कारण ठूलो आर्थिक क्षति पुगेको छ। बीमा प्राधिकरणका अनुसार सो घटनाबाट प्रभावितबीच बीमा कम्पनीहरूमा हालसम्म करिब रु ३ अर्ब ७८ करोड ४० लाख ९० हजार बराबरको बीमा दावी दर्ता भएको छ।

Workplace

असोज १७ देखि १९ गतेसम्म परेको लगातार वर्षाका कारण जनधन र सम्पत्तिमा व्यापक क्षति पुगेको थियो। प्राधिकरणका अनुसार हालसम्म कुल ४३४ वटा बीमा दावी आवेदन परेको छ।

बीमाका प्रकारअनुसार ३८२ वटा सम्पत्ति बीमा, ९२ वटा इञ्जिनियरिङ तथा ठेकेदार जोखिम बीमा, २०९ वटा कृषि तथा बाली बीमा, ३७ वटा मोटर बीमा (निजी), १० वटा मोटर बीमा (सार्वजनिक), १ वटा अन्य बीमा र ३ वटा सामुद्रिक बीमा आवेदन परेका छन्।

देशका ३७ जिल्लाबाट बीमा दावीका आवेदन परेका छन्। तीमध्ये सुनसरी जिल्लामा सबैभन्दा बढी १९७ वटा आवेदन परेका छन्। यस्तै मोरङमा ९०, काठमाडौँमा ८०, इलाममा ६०, झापामा २०, पर्सामा ७१ र रौतहटमा २८ वटा दावीका आवेदन परेका छन्।

प्राधिकरणका अनुसार यसअघि पनि विभिन्न घटनाका कारण ठूला बीमा दावी दर्ता भएका थिए। गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण रु २३ अर्ब २३ करोड बराबर, र गत असारमा आएको बाढी–पहिरोका कारण रु ९८ करोड ५९ लाख बराबरको बीमा दावी आवेदन परेका थिए।

हाल नेपालमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा निर्जीवन लघुबीमा कम्पनीहरूमा दावीका आवेदन दर्ता भएका छन्। प्राधिकरणका अनुसार पछिल्ला वर्षहरूमा प्राकृतिक जोखिम बढेसँगै बीमा दावीको संख्या पनि उल्लेख्य रूपमा वृद्धि भएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?