असोजको बाढी–पहिरोबाट रु ३ अर्ब ७८ करोड बढीको बीमा दावी, सुनसरीमा सबैभन्दा धेरै आवेदन

काठमाडौं । गत असोज महिनामा आएको अविरल वर्षा, बाढी र पहिरोका कारण ठूलो आर्थिक क्षति पुगेको छ। बीमा प्राधिकरणका अनुसार सो घटनाबाट प्रभावितबीच बीमा कम्पनीहरूमा हालसम्म करिब रु ३ अर्ब ७८ करोड ४० लाख ९० हजार बराबरको बीमा दावी दर्ता भएको छ।

Workplace

असोज १७ देखि १९ गतेसम्म परेको लगातार वर्षाका कारण जनधन र सम्पत्तिमा व्यापक क्षति पुगेको थियो। प्राधिकरणका अनुसार हालसम्म कुल ४३४ वटा बीमा दावी आवेदन परेको छ।

- Advertisement -Workplace

बीमाका प्रकारअनुसार ३८२ वटा सम्पत्ति बीमा, ९२ वटा इञ्जिनियरिङ तथा ठेकेदार जोखिम बीमा, २०९ वटा कृषि तथा बाली बीमा, ३७ वटा मोटर बीमा (निजी), १० वटा मोटर बीमा (सार्वजनिक), १ वटा अन्य बीमा र ३ वटा सामुद्रिक बीमा आवेदन परेका छन्।

देशका ३७ जिल्लाबाट बीमा दावीका आवेदन परेका छन्। तीमध्ये सुनसरी जिल्लामा सबैभन्दा बढी १९७ वटा आवेदन परेका छन्। यस्तै मोरङमा ९०, काठमाडौँमा ८०, इलाममा ६०, झापामा २०, पर्सामा ७१ र रौतहटमा २८ वटा दावीका आवेदन परेका छन्।

प्राधिकरणका अनुसार यसअघि पनि विभिन्न घटनाका कारण ठूला बीमा दावी दर्ता भएका थिए। गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण रु २३ अर्ब २३ करोड बराबर, र गत असारमा आएको बाढी–पहिरोका कारण रु ९८ करोड ५९ लाख बराबरको बीमा दावी आवेदन परेका थिए।

हाल नेपालमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा निर्जीवन लघुबीमा कम्पनीहरूमा दावीका आवेदन दर्ता भएका छन्। प्राधिकरणका अनुसार पछिल्ला वर्षहरूमा प्राकृतिक जोखिम बढेसँगै बीमा दावीको संख्या पनि उल्लेख्य रूपमा वृद्धि भएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अविजित पन्थी
लेखकको बारेमा

अविजित पन्थी

पन्थी नेपाल खोज खबरका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?