पार्टीको नीति, नेतृत्व, सङ्गठन र कार्यशैली पुनःगठन गरौं : एमाले उपाध्यक्ष पौडेल

काठमाण्डौ – नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टीको नीति, नेतृत्व, सङ्गठन र कार्यशैलीलाई जनअपेक्षा अनुरुप पुनःगठन गर्न अपिल गरेका छन ।

Workplace

रुपन्देही क्षेत्र नं. २ मा नेकपा (एमाले) का तर्फबाट उम्मेदवार भएर पराजित भएपछि पौडेलले आज विज्ञप्ति निकालेर विगतमा पार्टीका तर्फबाट भएका गल्ती कमजोरीहरूको गम्भीर समीक्षा गर्न तथा जनअपेक्षाअनुसार आफैँलाई रूपान्तरण गर्न आग्रह गरेका छन ।

उहाँले लोकतन्त्रको सुन्दरता नै नागरिकको अभिमत हो भन्दै आफुले रुपन्देही क्षेत्र २ का मतदाताहरूको फैसलालाई सहर्ष स्वीकार गरेको बताउनुभएको छ ।

चुनावमा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै उहाँले रुपन्देहीका नागरिकका अपेक्षा अनुरूप उत्कृष्ट कार्य गर्ने तथा विकास र समृद्धिको यात्रालाई अझै उचाइबाट अगाडि बढाउने आशासमेत गर्नुभएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?