नेपाललाई विश्व आध्यात्मिक पर्यटन केन्द्रका रूपमा स्थापित

समाचार सारांश
Auto Generated by AI
  • नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्र बनाउन देवभूमि नेपाल राष्ट्रिय अभियान सञ्चालन गरिनेछ।
  • हवाई सेवालाई भरपर्दो र सुरक्षित बनाउनुका साथै पर्यटन क्षेत्रलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा लगिनेछ।
  • सन् २०८५ लाई भिजिट नेपाल वर्षका रूपमा मनाउँदै नयाँ पर्यटकीय गन्तव्य र पदमार्गको विकास गरिनेछ।

काठमाडौं – आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा नेपाललाई विश्व आध्यात्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’ राष्ट्रिय अभियान सञ्चालन गरिने भएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा सोमबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै धार्मिक, सांस्कृतिक, आरोग्य, चलचित्र र साहसिक पर्यटनलाई विशेष प्राथमिकतामा राखिएको बताए ।सरकारले नीति तथा कार्यक्रममार्फत हवाई सेवालाई भरपर्दो बनाउनुका साथै पर्यटन क्षेत्रलाई डिजिटल प्रणालीमा लैजाने जनाएको छ ।

Workplace

सरकारले हवाई पूर्वाधार विस्तार र अन्तरराष्ट्रिय विमानस्थलको पूर्णसञ्चालनलाई प्राथमिकतामा राखेको छ ।त्यस्तै, नागरिक उड्डयान क्षेत्रमा संरचनात्मक सुधार गर्दै निजी क्षेत्रको सहभागिता बढाउने र अन्तरराष्ट्रिय सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्ने सरकारको लक्ष्य छ । भैरहवास्थित गौतबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा थप अन्तरााष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।यसैगरी, पर्यटन सेवालाई सहज बनाउन पर्यटकभिसा सेवालाई पूर्ण रूपमा अनलाइन प्रणालीमा आबद्ध गरिने जनाइएको छ ।

अध्यागमन विन्दुबाटै पर्यटकीय अनुमति र सेवाहरू एकीकृत रूपमा उपलब्ध गराउन ‘एक द्वार डिजिटल पर्यटन प्रणाली’ लागू गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।सरकारले विसं २०८५ लाई ‘भिजिट नेपाल’ वर्षका रूपमा मनाउने तयारी गर्दै पर्यटकको आगमन, खर्च र बसाइँ अवधि बढाउने लक्ष्य लिएको छ । यस्तै, नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा स्थापना गर्न ‘देवभूमि नेपाल’ राष्ट्रिय अभियान सञ्चालन गरिने भएको छ ।पर्वतीय पर्यटनको सुरक्षाका लागि खोज तथा उद्धार प्रणालीलाई आधुनिक प्रविधिसँग जोडिने नीति सरकारले सार्वजनिक गरेको छ ।

साहसिक पर्यटनका लागि प्याराग्लाइडिङ, बन्जीजम्प, स्काई डाइभिङलगायत गतिविधिमार्फत पर्यटन प्रवर्द्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।हिमाली, मध्यपहाडी र तराई क्षेत्रमा कम्तीमा १० वटा नयाँ पदमार्ग पहिचान गरी सञ्चालनमा ल्याइने छ । नेपाल पर्यटन बोर्डलाई सार्वजनिक–निजी साझेदारी ढाँचामा पुनर्संरचना गरी थप नवप्रवर्तनशील बनाउने योजना सरकारले अघि सारेको छ ।कर्णाली, सुदूरपश्चिम, मधेस र कोशी प्रदेशका नयाँ पर्यटकीय गन्तव्यलाई विशेष प्राथमिकता दिँदै पर्यटन इकोसिस्टमको विकास गरिने नीतिमा उल्लेख छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?