मुगुमा लुकीछिपी यार्र्चागुम्बा चोर्न जाने २५ जना पक्राउ।

हिमाली जिल्ला मुगुमा लुकीछिपी यार्सागुम्बा चोर्न जाने २५ जना मानिस पक्राउ परेका छन् । मुगु जिल्लाका विभिन्न यार्सा पाटनहरूमा यार्सागुम्बा चोर्न जाँदै गरेका २५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ ।
कार्यालयका अनुसार विहिवार जिल्लाको मुगुम कार्मारोङ्ग गाउँपालिका स्थित विभिन्न पाटनमा लुकीछिपी यार्सागुम्बा चोर्न जाँदै गरेका जुम्लाको पातारासी गाउँपालिकाका वडा नं १ र २ का एक बालिका सहित २४ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक डिएसपि रविराज थपलियाले बताउनु भयो । उहाँका अनुसार अनुमति विना वन प्रवेश गर्ने ब्यक्तिलाई पक्राउ गरेका छौ , यो भन्दा अगाडी पनि जिल्ला प्रहरी कार्यालय र सम्बन्धित प्रहरी चौकिहरुको समन्वयमा ठुलो संख्यामा पनि चोरीमा गएका ब्यक्तिलाई पक्राउ गरेर सम्बन्धित स्थानमा पठाई सकेको जानकारी दिनुभयो

Workplace


पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई सकेको थपलियाले जानकारी दिएका छन् । यार्चागुम्बा संकलनको लागि मुगुम कार्मारोङ्ग गाउँपालिकाले हाल सम्म कुनै पनि आधिकारिक रुपमा सुचना प्रकाशित गरेको छैन । बिगत एक हप्ता देखि यार्चागुम्बा संकलनको लागि विभिन्न छिमेकि जिल्ला बाट अनाधिकृत रुपमा लुकिछिपि वन प्रवेश गर्ने ब्यक्ति लाई पक्राउ गरि सम्झाई बुझाई गरेर सम्बन्धित गाउँ घरमा फकाईएको उहाँको भनाई छ ।

एक हप्ता देखिको अभ्यासमा लुकिछिपि वन प्रवेश गर्ने एक सय ५० जना सम्म पक्राउ गरेका थियौ भने आज एकैदिन ठुलो संख्यामा पक्राउ गरेको थपलियाको भनाई छ । पक्राउ परेका उनीहरूलाई नियन्त्रणमा राखेर बयान लागि हाजिरी जमानी गरेर छोडिदिने बताइएको छ ।
यार्सागुम्बा संकलनको समय नजिकिँदै गर्दा मुगुका यार्सापाटनहरुमा सुरक्षा बढाइएको छ । यो वर्ष यार्सागुम्बा संकलनका लागि जिल्लाका यार्सापाटनहरु कहिले खुलाउने भन्ने विषयमा कुनै जानकारी रहेको छैन । मुगुम कार्मारोङ्ग गाउँपालिकाले एक सुचना जारी गर्दे यार्सा संकलनमा यार्सापाटनहरु आधिकारिक रूपमा नखुल्दै कोही कसैलाई चोरीको लागी पाटनतिर नजान आग्रह समेत गरेको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

आज मिति २०८३ ज्येष्ठ २५ गते सोमबार आजको राशिफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा कार्यकर्ताहरूले प्रदर्शन

नौ बुँदे सन्देशपत्र जारी गर्दै ११औं अन्तर व्यवस्थापिका सम्मेलन सम्पन्न

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज २८ वटा जिल्लामा पहिलो अधिवेशन गर्दै

सुनको भाउ आज तोलामा आठ हजार दुईसय रुपैयाँले घट्यो

देशका पहाडी र हिमाली क्षेत्रमा अझै केही दिन वर्षाको सम्भावना

छुटाउनुभयो कि ?