तीज विशेष गीत ‘रातो सारी पारेर फरर’ सार्वजनिक

समाचार सारांश
Auto Generated by AI
  • गायक राजन मणि र टिका पुनको स्वरमा नयाँ तीज गीत रातो सारी पारेर फरर सार्वजनिक भएको छ।
  • अभिषेक मल्लद्वारा निर्देशित यस भिडियोमा नलिना मगर र नरेन्द्र चौधरीको अभिनय देख्न सकिन्छ।
  • मौलिक संस्कृति र तीजको रौनक समेटिएको यो गीत अहिले विभिन्न डिजिटल प्लेटफर्ममा उपलब्ध छ।

काठमाडौ – नेपाली सांगीतिक बजारमा तीजको रौनक थप्दै गायक राजन मणि र टिका पुन को स्वरमा रहेको नयाँ तीज विशेष गीत ‘रातो सारी पारेर फरर’ सार्वजनिक भएको छ।

Workplace

राजन मणिकै शब्द तथा संगीत रहेको गीतमा खेमराज गौतम को संगीत संयोजन रहेको छ। भिडियोको निर्देशन अभिषेक मल्ल ले गरेका छन्।

गीतको म्युजिक भिडियोमा नलिना मगर र नरेन्द्र चौधरी को आकर्षक अभिनय देख्न सकिन्छ। तीज पर्वको उत्साह, नेपाली संस्कृति, मौलिक भेषभूषा तथा रमाइलो नृत्यलाई समेटिएको भिडियोले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।

गीतको रेकर्डिङ मारुनी रेकर्डिङ स्टुडियो मा गरिएको हो भने मिक्सिङ तथा मास्टरिङ कुमार राना ले गरेका छन्। पोस्टर डिजाइन सुजन केसी ले गरेका हुन्।
तीज पर्वलाई लक्षित गर्दै सार्वजनिक गरिएको ‘रातो सारी पारेर फरर’ गीत अहिले विभिन्न डिजिटल प्लेटफर्म तथा सामाजिक सञ्जालमार्फत उपलब्ध रहेको छ। सार्वजनिक भएसँगै गीतले दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ।

भिडियो

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
दिनेश खत्री
लेखकको बारेमा

दिनेश खत्री

खत्री नेपाल खोज खबरका बरिष्ठ संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?