
- देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना रहेको छ।
- कोसी, वाग्मती र गण्डकीका पहाडी क्षेत्रमा मध्यम वर्षा हुन सक्छ।
- तराईमा हुस्सु लाग्ने र राति मौसम सफा रहने विभागले जनाएको छ।
काठमाडौ -देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना छ ।

काठमाडौं उपत्यकालगायत विभिन्न स्थानमा गएरातिदेखि नै वर्षा भइरहेको छ ।

नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशका सबै भूभाग तथा हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ ।
तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोसी प्रदेशका तराई भूभागका एकदुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागले राति हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने बताएको छ ।
तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
तराईका केही भूभागमा हुस्सु लाग्ने सम्भावना छ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।
हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव रहेको छ ।
