मुगुमा नेत्रज्योति संघको निःशुल्क आँखा शिविर १०६ जनाले पाए गुमेको आँखा को नयाँ ज्योति

नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल घारीपाटन पोखराको आयोजना म रेडले आइ फाउन्डेसन को आर्थिक सहयोगमा म हिमाली जिल्ला मुगुको छायाँनाथ रारा नगरपालिका म निःशुल्क आँखा शिविर वैशाख ९ गतेदेखि ११ गतेसम्म सञ्चालन भएको थियो।उक्त आँखा शिविरमार्फत बिरामीहरूको आँखा परीक्षण गरिएको छ।बैसाख ९गतेदेखि ११ गतेसम्म मुगुको छायाँनाथ रारा नगरपालिका गमगढीमा सञ्चालित शिविरमा ८५० जना बिरामीहरूको निःशुल्क आँखा चेक जाँच गरिएको थियो । उक्त शिविरमा आँखा जाँच गराएका बिरामीहरूमध्ये मा मोतीबिन्दु देखिएका मध्य महिला५४ पुरुष ५२ गरि १०६ जनाको निःशुल्क शल्यक्रिया समेत गरिएको नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय उपाध्यक्ष तिलक बहादुर मल्ल ले बताउनुभयो।त्यस्तै आँखाका बिरामी र रोगीलाई २५० वटा चस्मा निःशुल्क वितरण समेत वितरण गरिएको मल्ल बताउनुभयो।
शिविरको समापन कार्यक्रममा बोल्दै छायाँनाथ रारा नगरपालिका का नगर प्रमुख विष्णु कुमार भाम ले

Workplace

भन्नुभयो विकट मुगुमा जिल्ला नागरिकहरूमा आँखा समस्याबाट वर्षौंदेखि ग्रसित बिरामीहरू हरूलाई मुगु जिल्लाको घर दैलोमा आएर यो शिविर सञ्चालन गरिदिएकोमा डाक्टरहरूको विशेष टोलीहरूलाई धन्यवाद व्यक्त गर्दै उहाँले भन्नुभयो पहुँच र आर्थिक अभावमा कोही पनि नागरिकहरू दृष्टिविहीन बस्न नपरोस् भन्ने हेतुले दशैभरी निःशुल्क आँखा शिविर सञ्चालन गरिदिएकोमा नेपाल नेत्र ज्योति संघलाई धन्यवाद व्यक्त गर्नुभएको छ।
नेपाल नेत्रज्योति सङ्घ विशेषज्ञ डाक्टर हरिविक्रम अधिकारी को नेतृत्वमा गएको स्वास्थ्यकर्मीहरूको टोलिले आँखा शिविर सञ्चालन गरेको हो ।मोतीबिन्दु रोग नेपालमा रहेको दृष्टिविहीनताको सबैभन्दा प्रमुख कारण हो । जुनसुकै उमेरका मानिसमा पनि यो समस्या देखिन सक्छ तर, अधिकांशमा उमेर बढ्दै गएपछि मोतीबिन्दु हुने सम्भावना पनि बढ्दै गएको पाइन्छ ।
मोतीबिन्दु भइसकेपछिको सबैभन्दा प्रभावकारी उपचार शल्यक्रिया नै हो । यो रोग औषधिले ठीक हुँदैन । शल्यक्रिया गर्न नपर्ने अवस्थामा चस्माको प्रयोगबाट पनि धरै हदसम्म सफा हेर्न मद्दत गर्दछ तर पूर्ण सफा हेर्नको लागि शल्यक्रिया नै गर्नु पर्ने हुन्छ । आजभोलि प्रविधिमा आएको विकासले मोतीबिन्दुको शल्यक्रिया गरेको केही घण्टामै बिरामी आफ्नो सामान्य दैनिकीमा फर्कन सक्छन् ।

नेपाल नेत्रज्याति सङ्घ ले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५० भन्दा बढी आँखा उपचार केन्द्र सञ्चालन गरिरहेको छ । सङ्घले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरू मार्फत हरेक जिल्लाका नागरिकहरूलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?