अवैध अनलाइन सट्टेबाजीविरुद्ध कडाइ : १० हजारभन्दा बढी एप र वेबसाइट बन्द

समाचार सारांश
Auto Generated by AI
  • सरकारले अवैध अनलाइन सट्टेबाजी नियन्त्रण गर्न १० हजारभन्दा बढी एप र वेबसाइट बन्द गरेको छ।
  • मन्त्रिपरिषद्को कार्यसूचीअनुसार २४ घण्टाभित्र यस्ता प्लेटफर्म बन्द गर्ने गरी कारबाही अघि बढाइएको हो।
  • नेपालमा सट्टेबाजी गैरकानुनी भएकाले यस्ता गतिविधिमा संलग्नलाई कडा कानुनी कारबाही गरिनेछ।

काठमाडौँ । सरकारले अवैध अनलाइन सट्टेबाजी नियन्त्रण गर्न कडाइ बढाउँदै १० हजारभन्दा बढी एप्लिकेसन (एप) र वेबसाइट बन्द गरेको छ। नेपालभर सञ्चालनमा रहेका यस्ता डिजिटल प्लेटफर्महरू पहिचान गरी इन्टरनेट सेवा प्रदायकमार्फत अवरुद्ध गरिएको हो।

Workplace

नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछाने का अनुसार सट्टेबाजीसँग सम्बन्धित एप तथा वेबसाइटहरू निरन्तर निगरानीमा राख्दै बन्द गर्ने कार्य जारी छ। “अहिलेसम्म १० हजारभन्दा बढी एप र वेबसाइट बन्द भइसकेका छन्, अझै पहिचान र नियन्त्रणको काम जारी छ,” उहाँले जानकारी दिनुभयो।

- Advertisement -Workplace

प्राधिकरणका अनुसार नेपाल टेलिकम ले मात्र २१ हजारभन्दा बढी सट्टेबाजीसम्बन्धी डिजिटल माध्यम बन्द गरेको विवरण दिएको छ। अन्य इन्टरनेट सेवा प्रदायकहरूले पनि यस्ता प्लेटफर्महरू हटाउने कार्यलाई तीव्र बनाएका छन्।

सरकारले शासकीय सुधारसम्बन्धी कार्यसूची कार्यान्वयनका क्रममा यो अभियान अघि बढाएको हो। मन्त्रिपरिषद्बाट स्वीकृत १०० बुँदे कार्यसूचीअन्तर्गत २४ घण्टाभित्र सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइट बन्द गर्ने व्यवस्था गरिएको छ। सोहीअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनपछि नेपाल दूरसञ्चार प्राधिकरण ले इन्टरनेट सेवा प्रदायकहरूसँग समन्वय गर्दै कारबाही अघि बढाएको हो।

कानुनी रूपमा पनि नेपालमा सट्टेबाजी निषेध गरिएको छ। मुलुकी अपराध संहिता, २०७४ अनुसार सट्टेबाजी गर्न वा गराउन नपाइने व्यवस्था छ। यस प्रावधान उल्लङ्घन गरेमा प्रयोग भएको रकम जफत हुनुका साथै एक वर्षसम्म कैद र रु १० हजारसम्म जरिवाना हुनसक्ने व्यवस्था रहेको छ।

त्यसैगरी, विज्ञापन (नियमन गर्ने) ऐन, २०६६ ले जुवा तथा सट्टेबाजी प्रवर्द्धन गर्ने किसिमका विज्ञापन गर्न समेत प्रतिबन्ध लगाएको छ। नियम उल्लङ्घन गर्ने व्यक्ति वा संस्थालाई कानुनअनुसार कारबाही गरिनेछ।

सरकारले नागरिकलाई यस्ता अवैध एप तथा वेबसाइट प्रयोग नगर्न आग्रह गर्दै सचेत रहन अपिल गरेको छ। साथै, अनधिकृत गतिविधिमा संलग्न भएको पाइएमा कडा कानुनी कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

प्राधिकरणले शङ्कास्पद एप वा वेबसाइटबारे जानकारी भएमा सम्बन्धित निकायमा सूचित गर्न आग्रह गर्दै डिजिटल सुरक्षाप्रति सबैलाई जिम्मेवार बन्न आग्रह गरेको छ

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?